१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

केयर नेपालको हरियो बन कार्यक्रमको बैठक सम्पन्न

७ माघ २०७२, बिहीबार १४:५७

माघ ७, मकवानपुर
। केयर नेपालको हरियो बन कार्यक्रमको जिल्ला परियोजना सल्लाहकार समिति मकवानपुरको बैठक आज हेटौँडामा
भएको छ । कार्यक्रममा गतबर्ष सञ्चालित हरियो बन कार्यक्रमको समिक्षा गरि चालु आर्थिक बर्षको प्रगति
बिबरण जानकारी गराईएको थियो । कार्यक्रममा केयर नेपाल हरियो बन कार्यक्रमका जलवायु परिवर्तन अनुकुलन
बिशेषज्ञ बालकृष्ण जमरकट्टेलले हरियो बन कार्यक्रमको परिचय र उदेश्य तथा मकवानपुर क्लष्टर फिल्ड संयोजक
सन्दीप शर्माले मकवानपुरमा सञ्चालित हरियो बन कार्यक्रमबारे जानकारी गराउँनु भएको थियो ।

कार्यक्रम जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष एवम् जिल्ला बिकास
समिति मकवानपुरका स्थानीय बिकास अधिकारी लक्ष्मण बिक्रम थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा
महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख महिला बिकास अधिकृत शोभा शाह, जिल्ला बन कार्यालय
मकवानपुरका जिल्ला बन अधिकृत राजेन्द्र न्यौपाने, जिल्ला बिकास समिति मकवानपुरका सामाजिक बिकास अधिकृत
रामकृष्ण थापा लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला बिकास समितिको कार्यालय
मकवानपुरका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत किशान न्यौपाने, जिल्ला भु–संरक्षण कार्यालयका बामदेव
ढकाल, जिल्ला कृषि बिकास कार्यालयका योजना अधिकृत सुजन कँडेल, गैरसरकारी संस्था महासंघ मकवानपुरका
अध्यक्ष कृष्ण धिताल, सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमायाँ स्याङ्तान, नारीसिप
सृजना केन्द्रकी अध्यक्ष उमा सुवेदी लगाएतको सहभागिता रहेको थियो ।

मकवानपुरको हेटौँडाको बसामाडी, चुरियामाई, नेवारपानी तथा मनहरी र हाँडिखोला गाबिसमा हरियो बन
कार्यक्रम सञ्चालित छ । अमेरिकी बिकास नियोग यूएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित हरियो बन कार्यक्रम
मकवानपुरमा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुर र नारीसिप सृजना केन्द्रबाट कार्यान्वयन हुँदै आएको छ
। हरियो बन कार्यक्रमको मुख्य उदेश्य जैविक विविधता संरक्षण, दिगो भु–परिधि व्यबस्थापन, जलवायु परिवर्तन
अनुकुलन लगाएत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव