2026-07-24 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाङको अर्जुनखोला पुलमा चारवटा सवारी ठोक्किँदा ७ जना घाइते

फागुन २५, दाङ | पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङको अर्जुनखोला पुलमा चार वटा सवारी साधन एकैपटक दुर्घटनामा पर्दा ७ जना घाइते भएका छन् । एकै स्थानमा स्कारपियो, अटो रिक्सा, मोटरसाइकल र स्कुर दुर्घटनामा परेका हुन् ।

महेन्द्रनगरबाट काठमाण्डौंतर्फ जाँदै गरेको प्र।३–०१०२२ च १७५७ नम्ब को स्कारपियो र बिपरीत दिशाबाट आउँदै गरेका रा १ ह ६९१२ नम्बरको अटोलाई ठक्कर दिएको थियो । लगत्तै अटोको पछाडि रहेका रा २ प ५३८० नम्बरको मोटरसाइकल र रा ७ प ३५२६ को स्कुटी समेत ठक्कर खाएर दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिएका छन् ।

प्रहरीले चारवटै सवारी साधन र स्कारपियो चालक गोदावरी नगरपालिका–७ देविचौर ललितपुर निवासी ३१ बर्षीय दिनेशमान तामाङलाई पक्राउ गरेको छ ।

दुर्घटनामा स्कुटी चालक लमही न।पा।७ हसनापुर बस्ने बर्ष २१ को बिश्व खड्का, मोटरसाइकल चालक राजपुर गाँउपालिका–३ निवासी २२ दिपक घर्ती, मोटरसाइकलमा सवार गढवा–६ निवासी १९ बर्षीय मनिष सार्की, अटो चालक लमही नगरपालिका–७ कामनपुर निवासी ३५ बर्षीय बिष्णु बहादुर थापा, अटोमा सवार सोही ठाउँ निवासी ५५ बर्षीय हरी पुन, यस्तै अटोमा सवार भारत उत्तर प्रदेश बिहार जिल्ला खगरीया निवासी ४० बर्षीय पंकज सिह र अटोमा सवार भारत उत्तर प्रदेश रामपुर निवासी ५० बर्षीय कश्मिर सिँह घाइते भएका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटी चालक विश्व खड्का र अटो चालक बिष्णुबहादुर थापा लाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

दुवै जनाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । तिब्रगतीका कारण स्कारपियो र अटो रिक्सा एक आपसमा ठक्कर खान पुगेका, अटोको पछाडि रहेका मोटरसाइकल र स्कुटर पनि अनियन्त्रित हुँदा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक