2026-07-24 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपाका दुई मन्त्री लामिछाने र अर्यालविरुद्ध उजुरी दर्ता, जिम्मेवारी हेरफेर नभए अदालत जाने

फागुन २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्यालले स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारीमा रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । स्वार्थको द्धन्द्व हुने गरी दिइएको मन्त्रालयको जिम्मेवारी हेरफेर गरी पाई भनी युवराज सफलले लामिछाने र अर्यालविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

‘२०८० फाल्गुन २३ गते बुधवारको दिन गठित मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने र उपसभापति एवम् सांसद डिपी अर्याल क्रमश उपप्रधान तथा गृह र श्रम तथा रोजगार मन्त्रीमा नियुक्त भएकोले निजहरु उल्लेखित पदमा रही कार्य गर्दा स्वार्थको द्वन्द स्पष्ट देखिने हुँदा निजहरुको जिम्मेवारी तत्काल हेरफेर गरी पाउँ भनी सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष यो निवेदन पेश गरेको छु,’– प्रधानमन्त्रीको कार्यालयमा परेको उजुरी भनिएको छ ।

लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्न नहुने कारणमा उनीमाथि राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको, उनी गृहमन्त्रीमा रहँदा आफ्नो राहदानी सम्बन्धी मुद्धाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने संभावना देखिएको उल्लेख छ ।

त्यसैगरी, लामिछानेविरुद्ध सहकारी ठगी सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको र उनी गृहमन्त्री हुँदा अनुसन्धान प्रभावित र प्रमाण नष्ट गर्ने संभावना रहेको, उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले समेत अकुत सम्पत्ति कमाएको आरोपमा आवश्यक अनुसन्धान एवं छानविनसमेत गरिरहेको उजुरीमा उल्लेख छ ।

त्यस्तै उपसभापति अर्याल श्रम तथा रोजगार मन्त्री बन्न नहुने कारणमा उनी मेनपावर व्यवसायीको रुपमा कार्य गरेको र हाल पनि मेन पावर कम्पनीको जिम्मेवार पदमा रहेको दाबी छ ।

तत्काल उल्लेखित मन्त्रीहरुको जिम्मेवारी हेरफेर नगरेको खण्डमा यही विषय लिएर प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाएर कानूनी उपचारमा जाने उनको चेतावनी छ । साथै, स्वार्थको द्वन्द्व सम्बन्धि कानून तत्काल बनाउन पनि उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक