2026-07-07 12:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा चिसो बढ्दै, जनजीवन प्रभावित

2016-10-21

नन्दराम जैशी/कात्तिक ५, जुम्ला । जुम्लामा हिजो आज चिसो बढ्दै गएको छ । कार्तिक महिनाशुरु भएदेखि चिसो बढेको हो । 

चिसोका कारण जिल्लाका उच्च भूभागको जनजीवन प्रभावित भएको छ । जुम्लामा चिसो बढ्दै गएपछि जिल्लाको उच्च भुभाग तथा पाटनमा रहेका भेडा, बाख्राहरुपनि गाँउमा ल्याइएका छन् । हावापानि फिल्ड कार्यालय जुम्लाका अनुसार असोज महिनाको तुलनामा कार्तिक महिना शुरु भएलगतै ह्वात्तै चिसो बढेको हो ।

 असोज महिनामा अधिकतम तापक्रम २७ दशमलब ५ डिग्री सेल्सियस र न्युनतम तापक्रम १५ दशमलब ४ डिग्रि सेल्सीयस रहेकोमा कार्तिक महिना शुर भएलगतै अधिकतम तापक्रम २२ दशमलव १ डिग्री सेल्सियस र न्युनतम तापक्रम ४ दशमलब २ डिग्री सेल्सीयससम्म झरेको छ । चिसो बढेदै गए पछि बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।     

 चिसोको समयमा बालबालिकाहरुलाई न्यूमोनिया हुन सक्ने भएकाले न्यानो लुगा लगाई राख्न तथा प्रशस्त मात्रामा स्तनपान गराउन पनि उनीहरुले सुझाएका छन् । यस्तै वृद्धवृद्धाहरुलाई श्वासप्रश्वास सम्बन्धि समस्या हुने भएकाले यो समयमा सतर्कता अपनाउन पनि स्वास्थ्यकर्मिको सुझाब रहेको छ ।

 यता मौषम मौसमविदहरुका अनुसार यसवर्षको मनुसन सकिएको र चिसो बढ्दै गएको बताइएको छ । यो वर्ष ढिलो गरी सुरु भएको मनसुन पोहोर भन्दा २० दिन लम्बिएको थियो । सन् २०१३ मा पनि मनसुन २३ दिन लम्बिएको थियो । मध्य र पश्चिमबाट यसअघि नै सकिएको मनसुन पूर्वी क्षेत्रबाट पनि बाहिरिएको औपचारिक घोषणा गरिएको मौसमविद शान्ति कँडेलले बताउनुभयो ।

 मनसुन सकिएपनि वायुमण्डलमा जलवाष्युक्त हावा रहिरहेकाले पूर्वी पहाडका केही भागमा फाटफुट पानी पर्ने सम्भावना रहेको छ । देशभरको तापक्रम बिस्तारै घट्दै गएपछि चिसो बढ्न थालेको मौसमविद शान्ति कँडेलले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने