फागुन ३०, काठमाडौँ | मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका-३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा गरी उनले अस्तित्वमा नै नभएको मान्छे आफ्नो आमा नाता नजाई वृद्धभत्तावापत ५१ हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।