कात्तिक ५, खोटाङ । कर्मचारीको मिलोेमतोमा जिल्ला अस्पताल खोटाङको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम गरेको खुलासा भएपछि कारबाहीका लागि छानबिन सुरु भएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ५, खोटाङ । कर्मचारीको मिलोेमतोमा जिल्ला अस्पताल खोटाङको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम गरेको खुलासा भएपछि कारबाहीका लागि छानबिन सुरु भएको छ ।&nb"/>

2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सरकारी सम्पत्तिमा कर्मचारीको मनपरी, सिलप्याक सामान नै लिलामीमा


कात्तिक ५, खोटाङ । कर्मचारीको मिलोेमतोमा जिल्ला अस्पताल खोटाङको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम गरेको खुलासा भएपछि कारबाहीका लागि छानबिन सुरु भएको छ । 

अस्पतालका भण्डारण शाखाप्रमुख नायब सुब्बा मणिराम ढकाललगायत केही कर्मचारीको मिलोमतोमा एक सय १२ थान उपकरण रु २६ हजार पाँच सयमा लिलाम गरेको खुलासा भएपछि संलग्न कर्मचारीलाई कारबाहीका लागि छानबिन सुरु गरिएको हो । अस्पतालका ७२ र जनस्वास्थ्य कार्यालयका ४० प्रकारका उपकरण तथा सामग्री गत फागुनमै लिलाम बिक्री गरेको खुलासा भएपछि स्वास्थ्य सेवा विभागका तीन सदस्यीय टोली छानबिनका लागि खोटाङ आएको छ । 

विभागका उपसचिव बाबुराम लामिछानेको नेतृत्वमा आइटी इन्जिनियर पङ्कजकुमार झा र लेखा अधिकृत सीताराम दुलाल लिलाम प्रकरणबारे छानबिन गर्न खोटाङ आएका हुन् । 

विभागबाट आएको टोली र जिल्ला प्रशासन कार्यालय खोटाङले लिलाममा परेका उपकरण सिलबन्दी गरेर राखिएको ठाउँ पुगेर बिहीबार स्थलगत अनुसन्धान गरेको छ । सोही विषयलाई लिएर शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल भएको छ । 

लिलाममा परेका कतिपय उपकरण सिलप्याक नै नतोडिएको फेला परेको अनुसन्धानमा खटिनुभएका प्रशासनका कायममुकायम शाखा अधिकृत लीलाबहादुर विश्वकर्माले बताउनुभयो । “सिलप्याक नतोडिएका कतिपय सामाग्री जफत गरिएको छ ।” उहाँले भन्नुभयो, “यस विषयमा हामीले गम्भीर भएर छानबिन थालेका छौँ ।” 

अस्पतालले कवाडी भनेर लिलाम गरेको सबै उपकरण मर्मत गरेर प्रयोगमा ल्याउन सकिने स्रोतले बताएको छ । अस्पताल विकास समितिलाई समेत जानकारी नगराई करोडौँको उपकरण कवाडीको भाउमा बिक्री गरेको खुलासा भएपछि जिल्लामा विरोध सुरु भएको हो । 

कार्यालय प्रमुख संयोजक रहेको लिलाम बिक्री उपसमितिले गत फागुन १६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम बिक्रीका लागि सूचना टाँस गरेको पाइएको छ । सार्वजनिक सम्पत्ति लिलाम बिक्री गरिएको विषयमा कसैलाई पनि जानकारी नदिइएकाले सबैतिरबाट प्रश्न उठेको हो । 

अस्पतालले चार थान प्रिन्टर क्यानल, सातवटा कम्प्युटर डेस्कटप, दुई थान फ्याक्स मेसिन, दुईवटा जेनेरेटर, एक थान फोटोकपी मेसिन, आठवटा स्टेप्लाइजर, एक थान फलामे सेफ, दुई थान यसिका क्यामेरा, एक थान सामसुङ मुभी क्यामेरा, एक थान पानासोनिक रेडियो क्यासेट रेकर्डर, दुईवटा कम्प्युटर टेबल, दुई थान कम्प्युटर कुर्सी, दुई थान कलर टेलिभिजन, दुई थान पोर्टेबल जेनेरेटर, एकवटा पेसेन्ट ट्रली, एकवटा ह्विल चियर, चार थान इसिजी मेसिन, चारवटा एक्स–रे मेसिन, एक थान माइस्क्रोस्कोप लगायतका उपकरण तथा सामान लिलाम बिक्री गरेको पाइएको छ । 

अस्पताल विकास समितिका सदस्य ज्ञानेन्द्र जोशीले अस्पतालको सामान लिलाम बिक्री भएको विषयमा समितिलाई कुनै जानकारी नदिइएको बताउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई