२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुईपक्षीय सहमतिपछि शिक्षकको आन्दोलन स्थगित

२०८०, ४ चैत्र आईतवार ०७:४४

चैत ४, रौतहट | रौतहटको फतुवा विजयपुर नगरपालिका र आन्दोलनरत शिक्षकबीच दुईपक्षीय सहमति भएपछि आन्दोलन स्थगित गरिएको छ। तलबको माग गर्दै आन्दोलनमा उत्रिएका फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरूले धर्ना स्थगित गरेका छन् ।

आन्दोलनरत शिक्षक र नगरपालिकाबीच सहमति भएसँगै शिक्षकहरुले जारिराखेको धर्नाको कार्यक्रम स्थगित गरिएको हो। नेपाली कांग्रेस जिल्ला सभापति तथा रौतहट निर्वाचन क्षेत्र- ३ ख का प्रदेश सांसद सुनिल यादव( जितेन्द्र) को पहलमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र आन्दोलनरत शिक्षकको बीचमा होली पर्वअगावै  सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको तलब उपलब्ध गराउने शुक्रबार साँझ सहमति भएको शिक्षक संघका नगर अध्यक्ष राधेश्याम यादवले बताएका छन्।


सोहीसहमतिको आधारमा फतुवा बिजयपुर नगरक्षेत्रअन्तर्गतको ३२ वटै विद्यालयमा कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा आइतबार एकदिन स्थगित गरिएको माबि विजयपुरको प्रधानाध्यापक शंकर राय यादवले जानकारी दिएका छन्।

भोलि सोमबारदेखि सम्पूर्ण विद्यालयमा परीक्षा सञ्चालन गर्ने र छुटेका विषयको अन्तिममा परीक्षा लिने सहमति भएको उनले बताए। फतुवा विजयपुर नगरक्षेत्रअन्तर्गतका ३२ विद्यालयका शिक्षा, कर्मचारी र अन्य क्षेत्रका कर्मचारी गरी ३५० जनाले गत साउनदेखि हालसम्म तलब नपाएको कारण गत बुधबारदेखि नगरपालिकाअगाडि धर्नामा बस्दै आएका थिए।

फतुवा बिजयपुरका निर्वाचित मेयर नेपाली कांग्रेसका गोपाल राय यादव नदीको टेन्डरमा दोषी ठहर भएर विशेष अदालतबाट दण्ड सजायको फैसला भएपछि उनको पद जाँदा कांग्रेसकै निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहक मेयर बनेकी थिइन्।

उनले कार्यवाहकको जिम्मेवारी पाएपछि कांग्रेसकै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुसँग पटकपटक विवाद भएर गत असार १० गतेभित्र हुनुपर्ने नगरसभा ५ महिना ढिलो भएको कारण नगरको सम्पूर्ण आर्थिक कारोबार बन्द भएको छ।

कार्यवाहक मेयर खातुन र उपसचिव प्रधानको सक्रियतामा सामाजिक सुरक्षाभत्ता वितरण भए पनि कर्मचारी तथा शिक्षकले हालसम्म तलब पाउन सकेका छैनन्।

लगातार ९ महिनादेखि तलब पाउन नसकेका शिक्षक कर्मचारी होली पर्व कसरी मनाउने भनेर ठूलो चिन्ता भएको बताइरहेका छन्। फतुवा बिजयपुर नगरपालिका स्थापित भएदेखि नै शिक्षक कर्मचारी तलब पाउनकै लागि बर्सेनि आन्दोलन गर्नुपर्ने बाध्यता रहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ