2026-07-25 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एनआरएनएको नवीकरण रोकिदैँन,तत्काल प्रक्रिया अघि बढ्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

चैत ४, काठमाडौँ | उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली संघको रोकिएको नविकरण प्रक्रिया तत्काल टुँगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सरकारी निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसँगको भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । 

परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न  उत्साहित रहेको बताउँदै संघको रोकिएको नवीकरण तुरुन्तै गर्ने प्रतिबद्धता जनाए ।

संघको गत अक्टोबरमा सम्पन्न निर्वाचनको छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाएलगत्तै डा. केसी र श्रेष्ठबीच छलफल भएको हो । संघका अध्यक्ष डा. केसीले मन्त्रीमण्डलको पुनर्गठनपछि गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई सहज रुपमा काम गर्ने वातावरण बन्दै गएकोप्रति धन्यवाद समेत दिए ।

डा केसीले गैरआवासीय नेपाली संघ  सरकारको सहयात्रीको रुपमा काम गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा समेत सरकारलाई पूर्णरुपमा सहयोग गर्ने उल्लेख गरे ।

 संस्थाको विधि तथा विधानको अधिनमा रहेर संघभित्रको भातृत्व र एकतालाई कायम गर्न आफु पूर्णरुपमा प्रतिबद्ध रहेको अध्यक्ष डा केसीले बताए ।

 जवाफमा परराष्ट्रमन्त्री श्रेष्ठले संघमा  पछिल्लो समयमा देखिएका असन्तुष्टिहरुको बारेमा आफू पूर्णरुपमा जानकार रहेको बताउँदै सबैलाई अपनत्व हुने गरि अघि बढ्न आग्रह गरे ।  संस्थाको निर्वाचन प्रकृयाका बारेमा असन्तुष्ट पक्षसँग छलफल गरेर अघि बढ्न सरकार सदैव तयार रहेको जानकारी मन्त्री श्रेष्ठले बताए ।

यसअघि पनि अध्यक्ष डा केसीले उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरि संघको समसामयिक गतिविधि र नवीकरणका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक