२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माओवादीमा मातृकालाई नयाँ जिम्मेवारी, दुई नेताको सरुवा

२०८०, ५ चैत्र सोमबार ०९:५२

चैत ५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई पार्टीले सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले मातहतका कमिटीमा एक सर्कुलर जारी गर्दै यादवलाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको जानकारी गराएका हुन् । यसअघि उनलाई भारत प्रवासको जिम्मेवारी दिन पार्टीले प्रस्ताव गरे पनि अस्वीकार गरेका थिए । 


यस्तै माओवादीले दुई नेताको सरुवा पनि गरेको छ।  केन्द्रीय सदस्य महेश्वर दाहाल ४ महिने जनतासँग माओवादी पार्टी विशेष रूपान्तरण  अभियानमा बागमती प्रदेशमा खटिएकोले उनलाई सोही प्रदेशमा सरुवा गरिएको गुरुङको परिपत्रमा उल्लेख छ । यसअघि उनी प्रचार विभागमा थिए । 

यस्तै वैकल्पिक केन्द्रीय सदस्य मोहन मान स्वाँरलाई युरोप– अमेरिका प्रवास समन्वय प्रदेशमा सरुवा गरिएको छ । 

आफू क्यानडामा श्रीमतीको उपचारमा लामो  समयसम्म रहन पर्ने कारण देखाइ सरुवा गरिदिन माग गरेकाले सोहीअनुसार गरिएको माओवादी कार्यालय स्रोतले बताए । 

यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति भएको  बारे पनि माओवादीले मातहतका कमिटीलाई जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ