२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निर्दयी आमा: दिनरात रोएर आफूलाई सास्ती दिएको भन्दै आफ्नै डेढ महिने छोराको हत्या

२०८०, ८ चैत्र बिहीबार १०:४१

चैत ८, राजस्थान । भारतको राजस्थान राज्यको जयपुरमा एक महिलाले आफ्नै डेढ महिने छोराको हत्या गरेको तथ्य प्रकाशमा आएको छ ।

अन्जुम नाम गरेकी ती महिलाले नवजात शिशु (छोरा) दिनरात रोएर आफूलाई सास्ती दिएका कारण हत्या गर्नु परेको प्रहरी समक्ष बताएकी छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

अन्जुमका अनुसार उनी एक्लै बस्दै आइरहेकी थिइन् । मार्च २ का दिन आफूले सर्जिकल ब्लेड प्रयोग गरी बच्चाको घाँटी काटेर हत्या गरेको बयान उनले प्रहरीसमक्ष दिएकी छन् ।


प्रहरीका अनुसार अन्जुमले आफ्नो छोराको हत्या गरेको केहीबेरमै हो–हल्ला गरेकी थिइन् । छोराको कसैले हत्या गरेको भन्दै उनले हार गुहार गरेपछि मानिस भेला भएका थिए ।

त्यतिबेला कसैले पनि आमाले नै छोराको हत्या गरेको हुन सक्छ भनेर शंका गरेनन् । मार्च ३ का दिन रामगंज प्रहरी थानामा पीडित परिवारको तर्फबाट जावेद खानले उजुरी दर्ता गराएका थिए । उजुरीमा घरमै सुतिरहेको अवस्थामा बच्चाको घाँटी काटिएको अवस्थामा शव फेला परेको बताइएको थियो ।

घटना भएको दिन उक्त घरको तल्लो तलामा अन्य मानिस पनि थिए । तर उक्त घटना घरको माथिल्लो तलामा भएको थियो जहाँ अन्जुममात्र बस्थिन् । त्यसपछि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान अघि बढाएको थियो ।

गहन सोधपुछपछि अन्जुमले हत्या स्वीकारेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह