कार्तिक ५ ,डडेल्धुरा । डडेल्धुराको जोगबुढा र शिर्ष गाबिसका बाढी तथा पहिरो पिडित संघर्ष समिति डडेल्धुराले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार २३औँ पटक ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन देखि केन्द्र स्तर सम्म भने यस अघि १ सय ८ पटक ज्"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ५ ,डडेल्धुरा । डडेल्धुराको जोगबुढा र शिर्ष गाबिसका बाढी तथा पहिरो पिडित संघर्ष समिति डडेल्धुराले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार २३औँ पटक ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन देखि केन्द्र स्तर सम्म भने यस अघि १ सय ८ पटक ज्"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका बाढी–पहिरो पिडितद्धारा जिल्ला देखि केन्द्र सम्म १ सय ९औ पटक ज्ञापन पत्र

२०७३, ५ कार्तिक शुक्रबार १३:०९

कार्तिक ५ ,डडेल्धुरा । डडेल्धुराको जोगबुढा र शिर्ष गाबिसका बाढी तथा पहिरो पिडित संघर्ष समिति डडेल्धुराले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार २३औँ पटक ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन देखि केन्द्र स्तर सम्म भने यस अघि १ सय ८ पटक ज्ञापन पत्र बुझाइसकेको छ । बि.सं २०६२ सालमा आएको बाढी तथा पहिरोका कारण बिस्थापित ९४ परिवारको १ दशक बितिसक्दा समेत पुर्नस्थापना नगरिएको भन्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमूख जिल्ला अधिकारी उदय बहादुर सिंह समक्ष फेरी २३औँ पटक ज्ञापन पत्र बुझाएका हुन । प्रमूख जिल्ला अधिकारी उदय बहादुर सिंहले ज्ञापन पत्र बुझ्दै माथि केन्द्रमा पठाइदिने आश्वासन दिदै यस बारे आफुले पनि गृह मन्त्रालयमा समेत लेखापढी गरेको बताएका छन ।

    साथै भवन तथा शहरी बिकास डिभिजन कार्यालयमा पनि बेला–बेलामा ताकेता गरेपनि हाल सम्म माथिबाट पुर्नस्थापनाका लागि कुनै पनि रकम निकासा नभएको जानकारी गराएका छन । २०६५ साल देखि अहिले सम्म जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा २२ पटक र प्रधानमन्त्री लगायत केन्द्रिय स्तरमा गरी १०८ पटक ज्ञापन पत्र संघर्ष बुझाइसकेको जोगबुढा बाढी पिडित सघंर्ष समितिका संयोजक नर बहादुर बमले गुनासो गरेका छन । अहिले सम्म जिल्ला देखि केन्द्र स्तर सम्म धाएपनि सरकारले कुनै वास्ता नगरेको भन्दै यसपछि सरकारलाई प्रतिपक्षमा राखी सर्वोच्चमा मुद्धा हाल्ने शिर्ष पहिरो पिडित सघंर्ष समितिका संयोजक प्रजापति नाथले बताएका छन । यदि त्यसपछि पनि कुनै सुनुवाई नभए भिमदत्त राजमार्ग अवरुद्ध गर्ने संयोजक नाथले चेतावनी दिएका छन । १ दशक अघि शिर्ष गाबिसमा आएको पहिरोका कारण सो गाबिसका वडा नं. २, ३, ४ र ५ का एकै परिवारका ८ सदस्य सहित ३२ जनाको ज्यान गएको थियो । पहिरोका कारण त्यहाँका ३५ परिवार र रंगुन तथा पुन्तुरा नदीबाट आएको भिषण बाढीका कारण जोगबुढा गाबिस वडा नं. २ का ५९ परिवार गरि ९४ परिवार बिस्थापित भएका थिए । 

फोटो – पत्रकार डिर पन्तको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश