२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ललितपुर ग्याङफाइट : खाजाघर सञ्चालकले नै चक्कु हानेको खुलासा

२०८०, १२ चैत्र सोमबार ०८:३३

चैत १२, काठमाडौँ | ललितपुरको ढोलाहिटी घटनामा खाजाघर सञ्चालकले नै दुई जनामाथि चक्कु प्रहार गरेको खुलेको छ ।

प्रहरीका अनुसार डिप ओपिना खाजाघरका सञ्चालक ३१ वर्षीय विनय राईको चक्कु प्रहारबाट रोबस राई र पूजन राईको मृत्यु भएको हो ।

दुई समूहको पुरानो रिसिइबीका कारण झडप भएको थियो । पूजनको समूह पहिलेदेखि नै त्यहाँ मदिरा सेवन गरिरहेको थियो । रोबसको समूह आएपछि विवाद सुरु भयो । पछि करिब १० बजे रोबसलाई फोन गरेर त्यहाँ बोलाइएको प्रहरीले जनाएको छ ।

रोबस आएपछि विवादले उग्र रूप लियो । उनले हातपात गर्न खोज्दा खाजाघर सञ्चालक विनयले चक्कु हानेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी स्रोतले बतायो ।

रोबसलाई चक्कु हानेपछि झगडा छुट्याउन खोज्दा पूजनलाई लागेको प्रहरी नियन्त्रणमा रहेकाहरूले बयान दिएका छन् ।

अहिले १२ जना प्रहरीको नियन्त्रणमा छन् । उनीहरूमाथि मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेकामध्ये ९ जना ललितपुरको स्थायी बासिन्दा हुन् । ३ जना भने उपत्यकाबाहिरका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह