८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

भुकम्प प्रभावितहरुको लगत संकलनमा सघाउने सामाजिक परिचालकहरुका लागि तालिम, पहिलोचरणमा ५१ टोली परिचालन

१८ माघ २०७२, सोमबार १५:०२

 माघ १८, हेटौँडा ।
भुकम्प प्रभावित क्षेत्रमा आवास पुन ः निर्माणका लागि लगत संकलनमा सहयोग पु¥याउन सामाजिक परिचालकहरुका
लागि आजबाट मकवानपुरका अभिमुखीकरण सुरु भएको छ । भुकम्प प्रभावित आवास पुन ः निर्माण लगत सङ्कलन
व्यवस्थापन कार्य समूह मकवानपुरको आयोजनामा सुरु भएको अभिमुखीकरण तालिम भोलि सोमबारसम्म चल्नेछ

मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर
कार्कीको प्रमुख आतिथ्य तथा निमित्त स्थानीय विकास अधिकारी निर्मल प्याकुरेलको अध्यक्षतामा भएको
कार्यक्रममा तालिमको उद्घाटन गरिएको थियो । तालिममा कार्यक्रममा मकवानपुरको आग्रा, टिष्टुङ्, नामटार,
गोगने,खैराङ्, मार्खु, फाखेल, कालिकाटार, भार्ता, डाडाखर्क, चित्लाङ्, कुलेखानी गाविस तथा थाहा
नगरपालिकाका गरी ५१ जना सामाजिक परिचालकको सहभागिता छ ।

भुकम्पबाट बढी प्रभावित मकवानपुरको
उत्तरीक्षेत्रमा लगत सङ्कलनका लागि स्थानीय स्तरमा सहयोग गर्ने सामाजिक परिचालकलाई प्रदान गरिएको
अभिमुखीकरणमा तथ्याङ्क कार्यालय मकवानपुरका प्रंमुख नवराज पौडेल, मोहनकुमार पुडासैनी, जिल्ला विकास
समिती मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, जिल्ला विकासका योजना प्रमुख किसन न्यौपानेले
सहजीकरण गरिरहनुभएको छ । ामाजिक परिचालनले लगत संकलनमा खटिएका इन्जिनियरहरुलाई सहयोग गर्ने छन्

भुकम्प प्रभावित जिल्लाहरुका आवासीय घरको क्षतिको विवरण संकलन, भूकम्प प्रभावित जिललाहरुका
परिवारहरुको आर्थिक सामाजिक विवरण संकलन र भूकम्प प्रभावित जिल्लाहरुका घर तथा परिवारहरुको विद्युतीय
तथ्यांकीय आधारहरु तयार गर्नु रहेको छ । तालिमपश्चात सामाजिक परिचालक र इन्जिनियरको टोलीले मंगलबारबाट
लगत संकलन कार्य सुरु गर्ने छन् ।

मकवानपुरका थप गाविस र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पछि
दुईचरणमा लगत संकलन गरिने तथ्यांक कार्यालयले जनाएको छ । लगत संकलनमा स्वास्थ्य अनुसन्धान तथा सामाजिक
विकास मञ्च हर्डले सहयोग पु¥याउँदै आएको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा लगत संकलन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा