2026-07-25 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोर्चुगल र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चैत १४, काठमाडौँ । वैदेशिक रोजगारीमा युरोपेली मुलुक पोर्चुगल र क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा पाँचपोखरी गाउँपालिका–२ सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बस्ने ३६ वर्षीय मिङमार लामा र मध्य नेपाल नगरपालिका–५ लमजुङ घर भई हाल बौद्ध बस्ने ३६ वर्षकै प्रकाश वंशी ठकुरी रहेका छन् ।

पक्राउ परेका लामाविरुद्ध आमान बोम्जन नामका व्यक्तिले आफूलाई क्रोएसिया पठाइदिन्छु भन्दै तीन लाख लिएर ठगी गरेको भन्दै उजुरी दिएको र ठकुरीले पोर्चुगल पठाइदिने भन्दै विशाल चौहानसमेत तीन जनासँग ११ लाख २७ हजार रकम लिएर ठगी गरेको उजुरी रहेको छ ।

दुवै जनालाई मंगलबार पक्राउ गरेर कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जानकरी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक