Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो कपः झापा ११ लाई हराउदै लालवन्दि स्पोर्ट क्लव सर्लाही सेमीफाईनलमा

२०७३, ६ कार्तिक शनिबार ०५:०४

सागर पोख्रेल/ कात्तिक ५, नवलपरासी  । संरक्षणकालागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियो गितामा शुक्रबार लालवन्दि स्पोर्ट क्लव सर्लाही र झापा ११ बिचको खेल निर्धारीत समयका दुबैतर्फबाट २, २ गोल भए टाईबेकरमा लालवन्दि स्पोर्ट क्लव सर्लाहीले  झापा ११,लाई ४–३ ले विजयी भएको छ ।

मध्यविन्दु नगरपालिका २ मा नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता क्वाटर फाईनलको पहिलो हापमा लालवन्दि स्पोर्ट क्लव सर्लाहीका खेलाडी जर्सी नं. १७ का मदन स्याङतान ले खेलको पहिलो हापको १८औं मिनटमा पहिलो गोल गरेका थिए । पहिलो हाप सम्म लालवन्दी स्पोर्ट क्लव सर्लाही १–०ले अग्रता कायम गरेको थियो भने खेलको दोस्रो हापको २१ औं मिनटमा झापा ११ का जर्सी नं। १५ का पुष्पा मादेनले झापा ११ लाई बराबरमा पुर्याएका थिए ।

त्यसै गरी खेलका ८१ औं मिनटमा झापा ११ कै जर्सी नं। ११का विकास लिम्बुले थप गोल गरेका थिए । खेलका ८३ औं मिनटमा जर्सी नं। ९ का कुमार बोलले लालबन्दीको तर्फबाट थप १ गोल गरेपछि निर्धारीत समयमा खेल बराबरीमा पुगेको थियो ।


निर्धारीत समयमा खेल बराबरीमा पुगेपछि खेल टाईबेकरमा गएको थियो टाईबेकरमा  झापा ११ का जर्सी नं। ९ का प्रसान्त मगरले बल पोष्ट बाहिर प्रहार गरे भने झापा ११ कै जर्सी नं। ३ का विशाल गुरुङ्गको बल गोल रक्षकले राक्न सफल भएपछि लालबन्दी स्पोर्ट क्लव सर्लाही सेमी फाईनलमा प्रवेश गरेको छ ।

सनिबार क्वाटर फाईनलमा जगदम्वालुम्बिनी रुपन्देही र  सशस्त्र प्रहरीबल  बिच हुने खेल संयोजक टेक प्रसाद पोख्रेलले जानकारी दिए  । जगदम्बा लुम्बिनीले पिप्ले युथ क्लव हेटौडालाई ३–१ ले पराजय गरेको थियो भने सशस्त्र प्रहरीबल ए डिभिजनको क्लब रहेको छ ।

राईनो संरक्षण गोल्ड क्लवका विजेता टिमले नगद रु ३ लाख २५ हजार ५ सय ५५ र एक दिनको होमस्टे बसाई गर्न पाउने छन भने, उप विजेता टिमले नगद रु १ लाख ६५ हजार ५ सय ५५ पाउने छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ