२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कांग्रेस सांसदको प्रश्न : रुसको श्रम स्वीकृति दिएर सरकारले युवालाई मर्न जाऊ भनेको हो ?

२०८०, १८ चैत्र आईतवार ०७:५२

चैत १८, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले रुसमा श्रम स्वीकृति दिएर सरकारले के गर्न खोजेको भन्दै प्रश्न गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले रुसी सेनामा भर्ती भएकालाई नेपाल फर्काउन नसकेका बेला श्रम स्वीकृत दिने सरकारको नीतिबारे प्रश्न गरेकी हुन् । 


‘युवा धेरै भएको हो ? मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहना हो ?,’ सांसद पौडेलको प्रश्न छ, ‘युद्धग्रस्त देशमा श्रमिक पठाउने काम बन्द गरोस् । मरे मर जाऊ, अरूको लागि लड, मर भन्ने कस्तो हो ? सरकारलाई प्रश्न छ ।’

उनले देशभर महिलाको हत्या भइरहेको भन्दै गृहमन्त्रीमाथि प्रश्न उठाएकी छन् । ‘युवतीको ज्यान गएको छ । हत्या गरिएको छ, गृहमन्त्री के हेरेर बस्नुभएको छ ? एक हप्तामा सात÷आठ जना युवतीको हत्या भएको छ, के हेरेर बसेको छ सरकार ,’ उनको प्रश्न छ । 

सांसद पौडेलले अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डलमा महिलाको ३३ प्रतिशत सहभागिता नगराइएकोमा सभामुखलाई प्रश्न गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह