२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित

२०८०, १८ चैत्र आईतवार ०९:०६

चैत १८, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको जनाएको हो ।

नेपाल सरकार र इजरायल सरकार बीच सम्पन्न श्रम सम्झौता वमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउँदै आइएको छ ।

हाल बी टु बीको माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भइ अध्ययन भइरहेकाले हाल इजाजतपत्रवाला संस्थाहरुबाट इजरायलका लागि कामदार भर्ना प्रकृया स्थगित गरिएको जनाएको छ ।

इजरायल भनाए प्रक्रियाका लागि कुनै निर्णय भएमा यस विभागको वेवसाइटमा सार्वजनिक रुपमा सूचना प्रकाशन समेत गरिने सूचनामा उल्लेख छ ।

इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति, संस्था तथा समूहहरुले गैर कानूनी रुपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना यस विभागमा प्राप्त भएकोले कृषि क्षेत्र तथा अन्य क्षेत्रका नाममा हुन सक्ने ठगीबाट सचेत रहन विभागले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह