2026-07-25 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

केजरीवाल सरकारकी मन्त्री आतिशीको दाबी- भाजपाले पार्टीमा नआए पक्राउ गर्ने धम्की दियो

चैत २०, काठमाडौँ । भारतको दिल्लीमा अरविन्द केजरीवाल सरकारकी मन्त्री आतिशीले भारतीय जनता पार्टीले आफुलाई आफ्नो पार्टीमा सामेल हुन प्रस्ताव गरेको दाबी गरेकी छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्ना निकटहरुसँग भाजपामा प्रवेश गर्न प्रस्ताव पठाएको दाबि गर्दै त्यसो नगरेमा पक्राउ गर्ने चेतावनी समेत दिएको खुलासा गरेकी हुन् ।

आफुलाई एक महिनाको समय दिइएको बताउदै उनले भाजपाले अब आम आदमी पार्टीलाई ध्वस्त पार्ने रणनीति मन बनाएको बताएकी छन् ।

उनले भनिन्- ‘आम आदमी पार्टीका शीर्ष नेताहरूलाई पक्राउ गरिएको छ । पहिले सत्येन्द्र जैन पक्राउ परेका थिए । त्यसपछि मनिष सिसोदिया, सञ्जय सिंह र मुख्यमन्त्री अरविन्द केजरीवाललाई गिरफ्तार गरियो । अब मसँगै सौरभ भारद्वाज, दुर्गेश पाठक र राघव चड्डालाई पनि पक्राउ गरिदै छ ।’

मन्त्री आतिशीले बीजेपीले आम आदमी पार्टीका नेताहरूलाई गिरफ्तार गर्ने हो भने यो पार्टी ध्वस्त हुन्छ भन्ने अनुमान गरेको बताउदै कार्यकर्ताले त्यस्तो हुन नदिने बताएकी छन् ।

आतिशीले भनिन्, ‘अब मेरो घरमा ईडीले छापा मार्नेछ । ईडीले मेरा आफन्तको घरमा छापा मार्नेछ। हामीलाई समन जारी गरी जेल पठाइनेछ। तर हामी डराउँदैनौं। हामी संविधान र देश बचाउन लड्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक