सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरीको जनजिविका बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया—३ पाखापानीको चौथो वार्षिक साधारण सभा शनिबार सहकारीको का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरीको जनजिविका बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया—३ पाखापानीको चौथो वार्षिक साधारण सभा शनिबार सहकारीको का"/>

2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जनजिविका सहकारीको चौथो साधारणसभा सम्पन्न


सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरीको जनजिविका बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया—३ पाखापानीको चौथो वार्षिक साधारण सभा शनिबार सहकारीको कार्यालय परिसर पाखापानीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जीबराज शर्माको अध्यक्षता एवम् संस्थाका जेष्ठ शेयर सदस्य लिलानाथ बेल्बासेको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थाका सचिव गिरीराज पौडेलले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष जगतप्रसाद अधिकारीले आर्थिक बर्ष २०७२/०७३ को ९७ लाख ९३ हजार ९ सय ९९ रुपैयाँ ७१ पैसाको आय—व्यय तथा आर्थिक बर्ष २०७३/०७४ को १ करोड ७८ लाख १७ हजार ३ सय ५८ रुपैयाँ ७१ पैसाको अनुमानित बजेत सहितको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक शित्तल रिजालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले यस बर्ष ३ लाख १६ हजार ३ सय ५६ रुपैयाँ ७१ पैसा नाफा गर्न सफल भएको छ भने अगामी बर्ष ५ लाख ४९ हजार मुनाफा गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ । 

संस्थाकी उवाध्यक्ष कृष्णा पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी संस्थाको मुल्यमान्यता र नितिलाई सही रुपमा कार्यान्वयन गदै संस्थाका शेयर सदस्यलाई आर्थिक, समाजिक र सांस्कृतिक रुपमा सक्षम बनाउनु पर्ने बताएका थिए । 

कार्यक्रममा संस्थाका शेयर सदस्यहरु रिखीराम पुन, रामकृष्ण पौडेल, लेल्समा बेल्बासे, बसन्तराज भट्टराई, हुमप्रसाद आचार्य, धनबहादुर रावत, कमला बेल्बासे र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक गोबिन्दबहादुर केएमले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा