१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

त्रिबेणी धाम मेलामा दर्शनार्थीहरूको आकर्षण दिनप्रतिदिन बढ्दै

२४ माघ २०७२, आईतवार १०:३९

माघ
२४, मकवानपुर ।
कुश्माण्ड सरोबर त्रिबेणी धाममा लागिरहेको एक महिने मेलामा दर्शनार्थीहरूको
आकर्षण दिनप्रतिदिन बढिरहेको छ । माघ महिनाभर एक महिनासम्म हरेक वर्ष लाग्ने मकर मेलामा भइरहेको
श्रीमद्भागवत गर्गसंहिता सुन्न तथा एकसय ८ गौमुखी धारामा स्नान गर्नका लागि प्रत्येक दिन
दर्शनार्थीहरुको आउने क्रम बढिरहेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो

विगतका वर्षहरुमा भन्दा यस वर्ष दर्शनार्थीहरुको आउने क्रम बढेको छ । अहिले देशका विभिन्न
स्थानबाट भक्तजनहरू आइरहेका छन् । विशेष गरी बारा,पर्सा, नवलपरासी,चितवन, काठमाण्डौँ,
भक्तपुर,सिन्धुपाल्चोकका मानिसहरुको यसवर्ष आइरहेका छन् । अन्य दिनको तुलनामा शनिबारका दिन धेरै
भक्तजनहरु आउने समितिका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

शनिबार गाडि रिजर्भ गरेर देशका
धेरै स्थानका दर्शनार्थीहरु आइरहेको उहाँले जानकारी दिनुभयो । एक महिने मकरमेलामा हरेक दिन पण्डित
मुरारीप्रसाद चालिसेले श्रीमदगवत कथा बाचन गरिहनुभएको छ । दिउस १२ बजेदेखि ४ बजेसम्म कथा बाचन हुने
गर्दछ । साथै चितवनबाट आउनु भएका १९ वर्षिय दृष्टिविहीन गोपाल घिमिरेले पनि कथा भनिरहनु भएको छ

रातोमाटे राप्तिपुल बाइपास सडकखण्ड अनतर्गत कर्रा
खोलामा कल्भर्ड पुल निर्माण कार्य सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय मकवानपुरको लगानीमा निर्माण
गरिएको कल्भर्ड पुल बनेपछि अहिले आवतजावत सहज भएको छ । सो पुलको निर्माणपछि कुश्माण्ड सरोबर त्रिबेणीधाम
तथा पदमपोखरी, चुरियामाई, लगायतका स्थानमा आवतजावत गर्नेहरुलाई सहज भएको छ । कुश्माण्ड सरोबर
त्रिबेणीधाम विकास समितिको पहल तथा आग्रहमा सडक डिभिजन कार्यलय मकवानपुरले सो पुल निर्माण गरिदिएको हो ।
सो पुल निर्माण नहुँदा आवत जावत गर्न समस्या थियो । भने मकर मेलामा आउनेहरुलाई समेत समस्या पर्ने गरेको
थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का