२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

त्रिबेणी धाम मेलामा दर्शनार्थीहरूको आकर्षण दिनप्रतिदिन बढ्दै

२०७२, २४ माघ आईतवार १०:३९

माघ
२४, मकवानपुर ।
कुश्माण्ड सरोबर त्रिबेणी धाममा लागिरहेको एक महिने मेलामा दर्शनार्थीहरूको
आकर्षण दिनप्रतिदिन बढिरहेको छ । माघ महिनाभर एक महिनासम्म हरेक वर्ष लाग्ने मकर मेलामा भइरहेको
श्रीमद्भागवत गर्गसंहिता सुन्न तथा एकसय ८ गौमुखी धारामा स्नान गर्नका लागि प्रत्येक दिन
दर्शनार्थीहरुको आउने क्रम बढिरहेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो

विगतका वर्षहरुमा भन्दा यस वर्ष दर्शनार्थीहरुको आउने क्रम बढेको छ । अहिले देशका विभिन्न
स्थानबाट भक्तजनहरू आइरहेका छन् । विशेष गरी बारा,पर्सा, नवलपरासी,चितवन, काठमाण्डौँ,
भक्तपुर,सिन्धुपाल्चोकका मानिसहरुको यसवर्ष आइरहेका छन् । अन्य दिनको तुलनामा शनिबारका दिन धेरै
भक्तजनहरु आउने समितिका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

शनिबार गाडि रिजर्भ गरेर देशका
धेरै स्थानका दर्शनार्थीहरु आइरहेको उहाँले जानकारी दिनुभयो । एक महिने मकरमेलामा हरेक दिन पण्डित
मुरारीप्रसाद चालिसेले श्रीमदगवत कथा बाचन गरिहनुभएको छ । दिउस १२ बजेदेखि ४ बजेसम्म कथा बाचन हुने
गर्दछ । साथै चितवनबाट आउनु भएका १९ वर्षिय दृष्टिविहीन गोपाल घिमिरेले पनि कथा भनिरहनु भएको छ

रातोमाटे राप्तिपुल बाइपास सडकखण्ड अनतर्गत कर्रा
खोलामा कल्भर्ड पुल निर्माण कार्य सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय मकवानपुरको लगानीमा निर्माण
गरिएको कल्भर्ड पुल बनेपछि अहिले आवतजावत सहज भएको छ । सो पुलको निर्माणपछि कुश्माण्ड सरोबर त्रिबेणीधाम
तथा पदमपोखरी, चुरियामाई, लगायतका स्थानमा आवतजावत गर्नेहरुलाई सहज भएको छ । कुश्माण्ड सरोबर
त्रिबेणीधाम विकास समितिको पहल तथा आग्रहमा सडक डिभिजन कार्यलय मकवानपुरले सो पुल निर्माण गरिदिएको हो ।
सो पुल निर्माण नहुँदा आवत जावत गर्न समस्या थियो । भने मकर मेलामा आउनेहरुलाई समेत समस्या पर्ने गरेको
थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !