२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवाका सम्पदा संरक्षणमा जोड

२०७३, ७ कार्तिक आईतवार ०२:४३

कात्तिक ७, रसुवा । हिमाली क्षेत्रमा रहेका सबैखाले सम्पदाको संरक्षण गरी रसुवाको गरिमा उच्च राख्न संविधानविद्द्वारा यहाँका बासिन्दालाई सुझाव दिइएको छ । 

विश्वमै दुर्लभ रहेको रेडपान्डा रसुवाका भूभागमा मारिएको समाचारले आफूलाई दुःखित तुल्याएको बताउँदै उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दाहालले अवैध धन्दाका व्यक्तिलाई निरुत्साहित गरी रेडपान्डा संरक्षणबाट यस क्षेत्रको गरिमा उच्च पार्न आग्रह गर्नुभयो । 

एफइएस नेपाल नामक संस्थाले संविधान कार्यान्वयनअन्तर्गत शनिबार यहाँका बासिन्दामाझ गरेको ‘आधुनिक राज्य निर्माणमा नागरिक शिक्षाको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्ड नेपाल–चीनको व्यापार–व्यवसाय अभिवृद्धि गर्ने रसुवागढी नाका तथा राजमार्गका रुपमा विकसित भएको पासाङल्हामु मार्ग संरक्षण गर्न पनि सुझाव दिनुभयो । 

उहाँले लाङटाङ राष्ट्रिय क्षेत्रभित्र रहेका सबैखाले जैविक विविधता संरक्षण गर्ने सबैको साझा दायित्व भएको उल्लेख गर्नु भयो । नागरिक शिक्षा कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने राजनीतिशास्त्री डा देवराज दाहालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर