कात्तिक ७, म्याग्दी । म्याग्दीको गलेश्वरमा मन्दिरको भेटीबाट संस्कृत पाठशाला सञ्चालन गरिएको छ । 

बेनपा–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ७, म्याग्दी । म्याग्दीको गलेश्वरमा मन्दिरको भेटीबाट संस्कृत पाठशाला सञ्चालन गरिएको छ । 

बेनपा–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाउन"/>

2026-07-07 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

गलेश्वरमा मन्दिरको भेटीबाट संस्कृत पाठशाला सञ्चालन

2016-10-23


कात्तिक ७, म्याग्दी । म्याग्दीको गलेश्वरमा मन्दिरको भेटीबाट संस्कृत पाठशाला सञ्चालन गरिएको छ । 

बेनपा–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाउने भेटी शालग्राम गण्डकी वेद विद्याश्रम सञ्चालनमा परिचालन गरिएको हो । विद्यालय सञ्चालनका लागि मासिक ५० हजार रुपैयाँ खर्च हुने गरेको छ । शिक्षकको तलब, विद्यार्थीलाई निःशुल्क छात्रावास, पोसाक र भोजनका लागि आवश्यक पर्ने रकम भेटीबाट व्यवस्थापन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । 

विद्याश्रममा संस्कृतसहित अङ्ग्रेजीलगायत अन्य पाठ्यक्रम तथा विषयको समेत पठनपाठन हुने गरेको छ । हाल म्याग्दी, पर्वत, कास्की, मुगु, कालीकोट र रामेछापका १५ जना विद्यार्थी अध्ययनरत छन् भने तीन जना शिक्षक कार्यरत छन् । 

पहिरोपीडितलाई डेढ लाख सहयोग 

यसैगरी, म्याग्दीको भकिम्ली–९ तोराखेतका पहिरोपीडितलाई भकिम्ली बरञ्जा युके समाजले शनिबार डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाले बेनीमा आयोजना गरेको कार्यक्रममा सांसद रेशमबहादुर बानिया, समाजका अध्यक्ष खड्गबहादुर रोका र उपशाखा सभापति दुर्गाराम सुवेदीले पहिरोपीडितलाई सहयोग वितरण गर्नुभएको हो । 

बेलायतमा बसोबास गर्दै आएका भकिम्ली र बरञ्जाका ४४ जनाले सङ्कलन गरेर पठाएको एक लाख ५३ हजार छ सय रुपैयाँ पहिरोका कारण विस्थापित १६ घरपरिवारलाई नौ हजार छ सय रुपैयाँका दरले वितरण गरिएको थियो । 

कार्यक्रममा सांसद बानियाले तोराखेतको पहिरो तत्काल रोकथामको सम्भावना नभएकाले पुनर्वासका लागि पहल गरिरहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने