देवराज पुरी
कार्तिक ७ पर्वत ।

जिल्ला विकास समिति पर्वत अन्तर्गत वास कर्मचारीहरुका लागि ६ दिने अध्ययन अवलोकन भ्रमण आजदेखि शुरु भएको छ । नेपाल सरकार र फिनल्याण्ड सरकारको सयुक्त सहयोगमा संचालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण अन्तर्गत जिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... देवराज पुरी
कार्तिक ७ पर्वत ।

जिल्ला विकास समिति पर्वत अन्तर्गत वास कर्मचारीहरुका लागि ६ दिने अध्ययन अवलोकन भ्रमण आजदेखि शुरु भएको छ । नेपाल सरकार र फिनल्याण्ड सरकारको सयुक्त सहयोगमा संचालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण अन्तर्गत जिल्ला "/>
२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वास कर्मचारीहरुको अध्ययनअवलोकन भ्रमण शुरु

२०७३, ७ कार्तिक आईतवार ०४:१२

देवराज पुरी
कार्तिक ७ पर्वत ।

जिल्ला विकास समिति पर्वत अन्तर्गत वास कर्मचारीहरुका लागि ६ दिने अध्ययन अवलोकन भ्रमण आजदेखि शुरु भएको छ । नेपाल सरकार र फिनल्याण्ड सरकारको सयुक्त सहयोगमा संचालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण अन्तर्गत जिल्ला विकास समिति पर्वतमा कार्यरत कर्मचारी तथा जिल्ला विकास समिति अन्तर्गतका विभिन्न शाखाका गरी  २०जना कर्मचारीहरुका लागि अध्ययन अवलोकन भ्रमण गर्न लागिएको हो ।
नेपाल सरकार र फिनल्याण्ड सरकार कै सहयोगमा संचालित ग्रामिण गाउँ जलस्रोत ब्यबस्थापन परियोजना तेस्रो चरण तथा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण का विभिन्न जिल्लाहरुमा संचालित खानेपानी र सरसफाईको अबस्था , प्राकृतिक , सामाजिक तथा साँस्कृतिक पक्षहरुका बारेमा अध्ययन अवलोकन गरिने भ्रमणको मूख्य उद्देश्य भएको कुरा भ्रमणमा सहभागी योजना अनुगमन तथा प्रशासकीय अधिकृत महेश शर्माले बताए ।
भ्रमणको क्रममा कैलाली÷धनगढी ,कपिलबस्तु , प्यूठान तथा नवलपरासी जिल्लाहरुमा संचालित खानेपानी तथा सरसफाई गतिविधिहरुका बारेमा सम्बन्धित जिल्ला वासइकाईसँग अन्तरकृया समेत गरिने कुरा बताइएको छ ।  भ्रमणबाट समूहमाकाम गर्ने सीपविकास हुनेछ ,आआफ्नो अनुभव आदान प्रदान गर्ने , सिकेका कुरा आआफ्नो जीवनमा कार्य क्षेत्रमाप्रयोग गर्ने , फिल्डमा काम गर्न थप हौसला बढ्ने , हरेकको ब्यक्तित्व विकासमा टेवा पुग्ने अपेक्षा रहेको कुरा जिल्ला सरसफार्इ फोकल पर्सन प्रकाश लम्साल बताउछन् ।
सिक्ने सिकाउने प्रकृया कहिल्यै अन्त्य हुदैन । भ्रमणबाट थुप्रै जीवन उपयोगी कुरा सिक्न सकिन्छ । सकारात्मक र रचनात्मक सिकाईलाई महत्व दिई आआफ्नो कार्य क्षेत्रमा जीवन वृत्तिमा लगाउन भ्रमण सफलहुन सकोस भनी जिल्ला विकास समितिका स्थानिय विकास अधिकारी युवराज पौडेलले शुभकामना दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर