2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा प्रशिक्षण दिने क्रममा सि.के राउत का २२ कार्यकर्ता पक्राउ

रबिन्द्र यादव/ कार्तिक ७ नवलपरासी । नवलपरासीको रामग्राम ३ स्थित रोयल होटल बाट बिहान नौ बजे जिल्ला प्रहरी कार्यालय नवलपरासीले स्वतन्त्र मधेस अभियानको नाममा आफ्नो कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेको अवस्थामा सि.के राउत का २२ कार्यकर्ता पक्राउ परेका छन् । 

देश टुक्रने किसिमको पम्पलेट सहित प्रशिक्षण दिइरहेको जानकारी पाएपछि त्यस होटलमा प्रहरी टोली पुग्दा प्रहरी देख्न साथ भाग्न खोज्दा पक्राउ गरिएको एस पी राजेन्द्र प्रसाद चौधरीले बताए । यस किसिमको प्रशिक्षणले देशमा अस्थिरता कायम हुने भन्दै पक्राउ गरिएको हुन सक्ने बताइएको छ । पक्राउ पर्नेहरुमा स्वतन्त्र मधेस अभियान नवलपरासीका संयोजक मदन यादव, उपाध्यक्ष बाल गोविन्द चौधरी, स्वतन्त्र मधेस अभियान रुपन्देहीका संयोजक भुपेन्द्र यादव, दिपक शाह, कन्हैया राजभर, दिलिप यादव, रुदल हरिजन, ओमप्रकाश पासी गरि २२ जना कार्यकर्ता रहेका छन्न । हाल सबैलाई थप अनुशन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी मा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई