2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा योजना तर्जुमा तालिम सम्पन्न

विमल धामी/कात्तिक ७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा नगर स्तरीय युवा समुहका सदस्य तथा सरोकारवालाहरुका लागि २ दिने सहभागितात्मक योजना तर्जुमा प्रकृया तालिम आईतवार सम्पन्न भएको छ ।

साझेदारी विकास परियोजना अन्र्तगत नेपाल राष्ट्रिय समाज कल्याण संघको सहयोगमा तालिम दिईएको बेल्डाँडी नगरपालिकाले जनाएको छ । बेल्डाँडीमा साझेदारी विकास परियोजना लागु भए पछि युवाहरुलाई पनि युवाले सहभागितात्मक योजना तर्जुमामा महत्वपुर्ण भुमिका खेल्न सकुन भन्ने उदेश्यले तालिम दिईएको युवा अभियान कार्यक्रमका संयोजक रिसीकेस जैरुले बताउनु भयो । 

स्थानिय विकास र सुशासनको पक्षमा युवाले उदाहरणीय भुमिका खेल्न सकुन भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । उनले भने बस्ती स्तरको योजना छनौटमा यो तालिमले युवाहरुमा सकारात्मक परिर्वतन ल्याउनुका साथै योजना प्राथामिकरण गर्नमा सिस्टम बस्ने कुरा जानकारी गराउनु भयो ।

सहभागी युवाहरुले भने यो तालिमले हामी युवाहरुको आखाँ खोलिदिएको जनाए । आजका मिति सम्म हामीले योजना कसरी बन्छ भन्ने कुरा समेत आफुहरुलाई थाहाँ नभएको र यो तालिमले हामीहरुलाई ठुलो फाईदा पु¥याएको बताए । 

सहभागी स्थानिय युवा सिता भट्टले भने ‘हामी आजको मिति सम्म वडा भेलामा समेत गएका छैनौ, योजना छनौट र कार्यान्वयनको कुरा परै जाओस् ।’ हामीले सुनेका मात्र थियौ महिलाको पनि बजेट आउछ, कसरी आउछ भन्ने थाहाँ थिएन यो तालिममा आएर थाहाँ पाएको बताए । उनले भनिन् अवका वस्ती स्तरको योजना छनौटमा सहभागी हुने र आफु महिला भएकोले महिलालाई प्रत्यक्ष फाईदा हुने योजना माग गर्ने बताए । 

बेल्डाँडी नगर स्तरीय युवा समुहकी संयोजक लक्ष्मी जैसीले भने ‘मैले यो भन्दा पहिले नगरपालिका कार्यालय सम्म पनि कहिले नआएको बताउदै भन्नु भयो मलाई यहाँ सम्म पु¥याएको साझेदारी विकास परियोजनाले हो । उनले भनिन् के योजना ? के तर्जुमा ? के संयोजक ? यो पनि मलाई थाहैँ थिएन आज यो तालिमले मेरा आखाँ खोल्नुका साथै बस्ती स्तरको योजना छनौटमा म युवा भएको हैसियतले म जस्ता तमाम युवालाई सहभागी गराउने कुरा बताए ।’ 

उनले गह भरी आशु निकाल्दै भने मेरो जिवनकै पहिलो तालिम यो हो । यो तालिमले मेरो जिनमा ठुलो सकारात्म परिर्वतन ल्याएको छ । म केही पनि नबोल्न सक्ने युवा आज केहि बुझेकोले आफुले आफु जस्ता तमाम युवाको सकारात्म सोच ल्याउनमा लाग्ने कुरा बताउदै स्थानिय विकासको काममा जनसहभागीता बढाउनमा लाग्ने जनाएका छन् । समुहका उप संयोजक मदन भट्टले भने हामी आजै देखि युवाले  गर्नुपर्ने सकारात्मक कार्यगर्नमा लाग्ने जनाए । 

बेल्डाँडी नगरपालिकाका सव इन्जनियर तेज सुनारले भने युवाको स्थानिय विकासका काममा ठुलो योगदान रहेको बताए । यहाका युवाहरुले युवाको भुमिका खेल्नु पर्ने जोड गर्दै आफुहरुले समेत युवालाई सहयोग गर्ने जनाए ।

कार्यक्रमको सहजिकरण खाने पानि तथा सरसफाई कार्यालयका कर्मचारी बिसनदेव जोशीले गरेका थिए । बेल्डाँडीका युवाहरुले यस्ता तालिम पुनः दिनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई