2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अबैध ढुवानीको काठ सहित भिमगिठेबाट ७ जना पक्राउ

कृष्ण कँडेल/कात्तिक ७, बुर्तिबाङ कात्तिक । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध रुपमा ढुवानी हुँदै गरेको काठ सहित ७ जना ढुवानी कर्तालाई पक्राउ गरि कारवाहिका लागि ईलाका बन कार्यालय बुर्तिबालाई बुझाएको छ । 

बागलुङको भिमगिठेबाट बुर्तिबाङ ल्याउँदै गरिएको ७७ थान सिर्मुको सिम्मा र ढुवानीमा प्रयोग भएको ध १ प ३४० नम्बरको ट्याक्टर सहित उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक शिवराज क्षेत्रीले जानकरी दिए ।  

प्रहरीले भिमगिठे–३ घरभई बुर्तिबाङ बस्दै आएका बुद्ध घर्ती, भिमगिठे–३ कै आयुस पाईजा, तुल्सि पुन, दिपक पाईजा, प्रेम घर्ती, बिरेन्द्र घर्ती, खिमबहादुर मगर र ट्याक्टरका चालक भिमगिठे–१ मनोज रानालाई पक्रेको हो । बुर्तिबाङ तर्फ ल्याउँदै गर्दा शुक्रबार राति ११ बजे ईलाका प्रहरी कार्यालय भिमगिठेले बरामद गरेको काठ सहित पक्राउ परेका उनिहरुलाई प्रहरीले थप अनुसन्धानका लागि शनिबार पत्रसहित बन कार्यालयलाई बुझाएको हो । 

प्रहरीले सोधपुछ गर्दा पक्राउ परेका बुद्ध घर्तीले आफ्नै निजि जग्गा भित्र रहेको काठ बुर्तिबाङमा घर बनाउनको लागि ल्याएको बताएका छन् । प्रहरीले भने अनुमति विना नै रातको समयमा ढुवानी गरिनु संकास्पद भएको भन्दै थप अनुसन्धाको लागि ईलाका बन कार्यालयलाई बुझाएको बताएको छ । आफ्नै जग्गामा भएको भएपनि प्रहरीको ईलाका कटाउनुपर्ने अवस्थामा बन कार्यालयसँग अनुमति लिएर ढुवानी गर्नुपर्ने हुन्छ । 

प्रहरीबाट काठ सहित पक्राउ परेकालाई ईलाका बन कार्यालय बुर्तिबाङमा पठाएकाले अब वन कार्यालयले स्थलगत अनुसन्धान गरि थप कारबाहि प्रक्रिया अघि बढाउने कार्यालयका निमित्त प्रमुख सहायक रेन्जर खिमबहादुर श्रीसले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई