2026-09-19 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फरक क्षमता भएका विद्यार्थीलाई एकताको सहयोग

 विशन क्षेत्री कार्तिक ७ पर्वत । आन्तरिक पर्यटन तथा सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्लवले शिवालय उच्च माविमा अध्ययनरत फरक क्षमता भएका १३ जना दृष्टिविहिन विद्यार्थीलाई एक वर्षलाई पुग्ने आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । क्लवले विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सहयोग तथा जाडो समयका लागि न्यानो कपडा वितरण गरेको हो ।

अष्टे«लियन नागरिक डियना धुनमको सौजन्यमा क्लवले विद्यार्थीलाई विद्यालय पोशाक, सरसफाईका सामाग्री, तन्ना, मफलर लगायतका सामाग्री वितरण गरेको हो । क्लवले विद्यालय पोशाकको लागि प्रतिव्यक्ति पाँच सय नगद पनि हस्तान्तरण गरेको छ । कार्यक्रममा विद्यार्थीहरुलाई कपडा हस्तान्तरण गर्दै प्रमुख अतिथी धुनमले सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताईन् । नेपाल र नेपालीको खुलेरै प्रशंसा गर्दै उनले दृष्टिविहिनलाई आफूले अष्टे«लियाबाटै ल्याएको मफलर समेत वितरण गरेकी थिईन् ।

सोही कार्यक्रममा बोल्दै क्लवका सल्लाहकार तथा शिक्षाप्रेमी वसन्त बहादुर सिकेले दृष्टिविहिन शिक्षालाई सबैले सहयोग गर्नुपर्ने ब एका थिए । त्यस्तै विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईंले सहयोगका लागि क्लव र अष्टे«लियन नागरिकलाई अभार प्रकट गरेका थिए । कार्यक्रममा ¥याण्डम रिडर्स सोसाईटी पर्वतका अध्यक्ष लेखनाथ पौडेलको शुभकामना तथा कार्यक्रम संयोजक रवि श्रेष्ठले कार्यक्रमको स्वागत गरेका थिए ।

क्लवको सहयोगबाट खुशी भएका विद्यार्थीले आफ्नो शैक्षिक गतिविधिलाई सहज बनाउन सहयोग लिएर आउने गरेका सहयोगदाताको सम्मानमा सांगीतिक प्रस्तुति गरेका थिए । अपाङ्ग भएकालाई राज्यले प्राथमिकता देखाएको जस्तो गरेपनि दोस्रो दर्जा सरह ब्यवहार गरेको भन्दै उनिहरुले आफ्नो प्रस्तुतीमा समस्या, गुनासोलाई समेत गीतको माध्यमबाट सुनाएका थिए ।

कार्यक्रमका लागि धुनमले १० हजार, लोकतान्त्रिक खेलकुदसंघका अध्यक्ष प्रेम गुरुङ्ग माईलाले १० हजार, क्लवका सदस्यले दशैँमा जम्मा गरेको दक्षिणाबाट ५ हजार, चन्द्र बहादुर क्षेत्रीले नौ सय, माधव पौडेलले सात सय सहयोग गरेका थिए । ७७ वर्षीय अष्टे«लियन नागरिक डियना धुनम सामाजिक क्षेत्रमा अग्रणी रोटरी क्लवका उपाध्यक्ष रामकृष्ण रेग्मीको विशेष पहलमा नेपाल आएकी हुन् । रेग्मीकै पहलमा गत बिहिबार उनले जिल्लाको वारीबेनी स्थित बेनीबजार आधारभूत विद्यालयमा ५० जना विद्यार्थीलाई ६० हजार बराबरको शैक्षिक सहयोग समेत गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयका चन्दादाता मानकुमारी गिरी, राष्ट्रिय बालशिक्षा सदन आमाविका प्रिन्सिपल रामकृष्ण रेग्मी, विद्यालयका शिक्षक, विद्यार्थी तथा क्लवका सदस्यको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण क्लवका अध्यक्ष अच्युत तिवारीले गरेका थिए ।
उक्त विद्यालयमा चालु शैक्षिक सत्रदेखि दृष्टिविहिनलाई अध्यापन गराईंदै आएको विद्यालयका प्रधानाध्यापक चापागाईंले जानकारी दिए । विद्यालयमा हाल कक्षा चारदेखि कक्षा ११ सम्म १३ विद्यार्थीले अध्ययन गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो