१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

दलित मोर्चाको सम्मेलन आयोजक समिति गठन

२४ माघ २०७२, आईतवार १३:०६

माघ
२४, मकवानपुर ।  
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा मकवानपुरको नवौं जिल्ला सम्मेलन तयारीका
लागि आयोजक समिति गठन भएको छ । आज आईतबार हेटौंडामा सम्पन्न मोर्चाको विस्तारित बैठकले रामबहादुर
नेपालीको संयोजकत्वमा ३९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।


बैठकले आगामी चैत्र दोस्रो साता सम्मेलन सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
बैठकले सम्मेलन तयारीका लागि निर्वाचन क्षेत्र स्तरीय जिम्मेवारी समेत तोकेको छ । बैठकले १ नम्बर
निर्वाचन क्षेत्रमा शुक्र विश्वकर्मा, २ नम्बर क्षेत्रको उत्तरी ईलाकामा काजेन्द्र परियार र दक्षिणी
ईलाकामा जमिन दियाली, ३ नम्बर क्षेत्र उपमहानगरपालिकामा मञ्जु रोक्का, ४ नम्बर निर्वाचन क्षेत्रको
उत्तरी ईलाकामा सिमोन विक र दक्षिणी ईलाकामा सूर्य विकलाई संयोजकको जिम्मेवारी तोकेको छ ।


यसैबीच, बैठकले ११ सदस्यीय कार्यालय गठन पनि गरेको छ ।नेपाल राष्ट्रिय
दलित मुक्ति मोर्चा मकवानपुरका अध्यक्ष जंगबहादुर विश्वकर्माको अध्यक्षतामा विस्तारित बैठक सञ्चालन भएको
हो । बैठकमा एकीकृत नेकपा माओवादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, मोर्चाका फ्क्याक्सन
ईञ्चार्ज रामजी नेपाल, दलित मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य रामकृष्ण देउला, केन्द्रिय सदस्य
रामलाल विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

बैठकले
सम्मेलन सम्पन्न गर्नका लागि फागुन महिनारी गाउँ र नगर सम्मेलन गरिसक्ने, चैत्र पहिलो हप्ता निर्वाचन
क्षेत्रीय भेला सक्ने र चैत्रको दोस्रो हप्ता जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको नेपाल
राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य जंग बहादुर विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का