२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

दलित मोर्चाको सम्मेलन आयोजक समिति गठन

२०७२, २४ माघ आईतवार १३:०६

माघ
२४, मकवानपुर ।  
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा मकवानपुरको नवौं जिल्ला सम्मेलन तयारीका
लागि आयोजक समिति गठन भएको छ । आज आईतबार हेटौंडामा सम्पन्न मोर्चाको विस्तारित बैठकले रामबहादुर
नेपालीको संयोजकत्वमा ३९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।


बैठकले आगामी चैत्र दोस्रो साता सम्मेलन सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
बैठकले सम्मेलन तयारीका लागि निर्वाचन क्षेत्र स्तरीय जिम्मेवारी समेत तोकेको छ । बैठकले १ नम्बर
निर्वाचन क्षेत्रमा शुक्र विश्वकर्मा, २ नम्बर क्षेत्रको उत्तरी ईलाकामा काजेन्द्र परियार र दक्षिणी
ईलाकामा जमिन दियाली, ३ नम्बर क्षेत्र उपमहानगरपालिकामा मञ्जु रोक्का, ४ नम्बर निर्वाचन क्षेत्रको
उत्तरी ईलाकामा सिमोन विक र दक्षिणी ईलाकामा सूर्य विकलाई संयोजकको जिम्मेवारी तोकेको छ ।


यसैबीच, बैठकले ११ सदस्यीय कार्यालय गठन पनि गरेको छ ।नेपाल राष्ट्रिय
दलित मुक्ति मोर्चा मकवानपुरका अध्यक्ष जंगबहादुर विश्वकर्माको अध्यक्षतामा विस्तारित बैठक सञ्चालन भएको
हो । बैठकमा एकीकृत नेकपा माओवादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, मोर्चाका फ्क्याक्सन
ईञ्चार्ज रामजी नेपाल, दलित मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य रामकृष्ण देउला, केन्द्रिय सदस्य
रामलाल विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

बैठकले
सम्मेलन सम्पन्न गर्नका लागि फागुन महिनारी गाउँ र नगर सम्मेलन गरिसक्ने, चैत्र पहिलो हप्ता निर्वाचन
क्षेत्रीय भेला सक्ने र चैत्रको दोस्रो हप्ता जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको नेपाल
राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य जंग बहादुर विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !