बैशाख ५, काठमाडौँ | ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटका रूपमा कुशल मल्ललाई गुमाएको हो । उनी पाँच बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई साउदी अरेबियाका बलर ईस्तिक अहमदले बोल्ड गरेका हुन् ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल, दोस्रो विकेटको रुपमा आसिफ सेख र तेस्रो विकेटको रुपमा कुशल मल्ललाई गुमाएको हो ।
हाल नेपालले ३ ओभरको खेल सकिंदा ३ विकेट गुमाई १७ रन बनाएको छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!