कात्तिक ७, नवलपरासी । इलाका प्रहरी कार्यालय कावासोतीले बालिका बलात्कार अभियोगमा नवलपरासी जिल्ला अदालतबाट ५ वर्ष जेल सजाय फैसला भई फरार भएको दुई जना अपराधीलाई २३ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, नवलपरासी । इलाका प्रहरी कार्यालय कावासोतीले बालिका बलात्कार अभियोगमा नवलपरासी जिल्ला अदालतबाट ५ वर्ष जेल सजाय फैसला भई फरार भएको दुई जना अपराधीलाई २३ "/>
2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बालिका बलात्कार गर्ने दाजुभाइ २३ वर्ष पछि पक्राउ

कात्तिक ७, नवलपरासी । इलाका प्रहरी कार्यालय कावासोतीले बालिका बलात्कार अभियोगमा नवलपरासी जिल्ला अदालतबाट ५ वर्ष जेल सजाय फैसला भई फरार भएको दुई जना अपराधीलाई २३ वर्ष पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नवलपरासी कवासोती नगरपालिका ३ का ४५ बर्षीय प्रेम भण्डारी र उनका भाइ ४२ बर्षीय जर्नादन भण्डारी रहेका छन् ।

वि.सं २०५० साल जेष्ठ २३ गते जिल्ला अदालत नवलपरासीबाट उनीहरुमाथि जबरजस्ती करणी मुद्दामा ५ वर्ष जेल सजायको फैसला भएको थियो । प्रहरीका अनुसार पक्राउ परेका प्रेम र जर्नादनले सोही स्थानकी एक १४ बर्षीय बालिकालाई मकैबारीमा जबरजस्ती करणी गरेका थिए ।

पीडितले घटनाको विषयमा प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रेम र जर्नादन फरार भएको घटनाको अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख डिएसपी राजेश थापाले बताए ।

उनका अनुसार उनीहरु फरार भएको १० वर्ष पछि घर फर्किएको र पुन भारत गएका थिए । त्यसपछि पटक पटक घर आउने जान लागेको सूचना पाएपछि प्रहरीले अनीहरुमाथि निगरानी राख्दै पक्राउ गर्न सफल भएको डिएसपी थापाले जानकारी दिए ।

‘उनीहरु घर आउने जाने गरेको हामीलाई सूचना आएपछि तत्काल हामीले घटनाको फाइल खोलेर अध्ययन गर्यौं’ डिएसपी थापाले अनलाइनखबरसँग भने, ‘हामीले घटनालाई गम्भीरताका साथ लिएर उनीहरुमाथि निगरानी गरी कवासोतीबाट पक्राउ गर्न सफल भयौं ।’ पक्राउ परेका दुवैलाई नवलपरासी अदालतमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई