कात्तिक ८, काठमाडौं । नवलपरासीको गैंडाकोट २ का जयकृष्ण सापकोटाले कुखुरा काटेर बेच्दा बाहुनको छोरोले पनि कुखुरा काटेको भनेर खिसी गर्नेहरु धेरै थिए । त्यति मात्रै होइन य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ८, काठमाडौं । नवलपरासीको गैंडाकोट २ का जयकृष्ण सापकोटाले कुखुरा काटेर बेच्दा बाहुनको छोरोले पनि कुखुरा काटेको भनेर खिसी गर्नेहरु धेरै थिए । त्यति मात्रै होइन य"/>

2026-09-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

साइकल किन्न ‘सिको फाइभ’घडी बेचेका सापकोटालाई कुखुराले यसरि चढायो कारमा

कात्तिक ८, काठमाडौं । नवलपरासीको गैंडाकोट २ का जयकृष्ण सापकोटाले कुखुरा काटेर बेच्दा बाहुनको छोरोले पनि कुखुरा काटेको भनेर खिसी गर्नेहरु धेरै थिए । त्यति मात्रै होइन यसले छोएको पानी खान हुन्न पनि भनेका थिए उबेला । तर त्योबेला खिसी गर्नेहरु अहिले जिब्रो टोक्छन । तर उहाँको कामलाई लिएर घिन मानेर होइन, त्यसबाट गरेको प्रगति देखेर । 

साइकल किन्न ‘सिको फाइभ’ घडी बेचें 

सापकोटाले २०५० साल मंसिर १ गते गैडाकोटमा एउटा काठको टेबुल राखेर कुखुरा काट्न थाल्नुभयो थियो । बिहानै पश्चिम चितवनको जगतपुर, पटिहानी, पार्बतीपुर लगायतका ठाउँमा पुगेर कुखुरा ल्याउनुपर्ने, तर उहाँसँग साधन थिएन । त्यसैले उहाँले लगाइरहेको सिको फाइभ घडी बेच्नुभयो अनि साइकल किन्नुभयो । त्यो पनि पुरानो ।

त्यही पुरानो साइकलको पछाडि सिटमा बाँस बाँधेर दुईतिर अनि अगाडि ह्यान्डिलमा पनि कुखुरा राखेर गुड्नु अनि चोकमा दिनभरी बेच्नु नै उहाँको दैनिकी थियो । दिनमा मुश्किलले दश वटा कुखुरा मात्रै बिक्रि हुन्थ्यो उतिबेला । तर केहि समयमै उहाँले दिनको एकसय वटासम्म कुखुराको मासु बेच्न थाल्नुभयो ।

कुखुराको बिक्रि बढेपछि उहाँले आफैं कुखुरा पाल्न थाल्नुभयो । अनि कुखुरासँगै थप्नुभयो अण्डा र कुखुराको दानाको व्यापार पनि । ‘त्यसपछि दुःखका दिन बिर्सने गरी सफलता हात पर्यो’ जयकृष्ण भन्नुहुन्छ । त्यसपछिको आफ्नो कमाईलाई जयकृष्ण दिन दुई गुना रात चौगुना भन्नुहुन्छ । यही व्यवसायबाट कमाएर उहाँले साढे २ तले घर बनाउनुभएको छ । 

भारत जाँदा सिकेको सीप 

२०४८ तिर जयकृष्ण काम खोज्दै भारत पुग्नुभयो । त्यतिबेला उहाँ २४ वर्षको मात्रै हुनुहुन्थ्यो । ठिटौले उमेरमै पुगेका जयकृष्णले कुखुरा फर्ममा काम गर्नुभयो । २६ महिना काम गर्दा कुखुरा पाल्ने सीप सिक्नुभयो तर कुखुराको स्याहार गर्ने काम अर्काको देशमा किन? भन्ने प्रश्नले घोचिरहन्थ्यो । ‘अर्काको देशमा कुखुराको स्याहार गर्ने काम गर्नुपर्छ भने त आफ्नै देशमा गएर यही पेशा गर्दा राम्रो हुन्छ भन्ने लाग्यो’ जयकृष्ण भन्नुहुन्छ । अनि गैंडाकोटमा फर्किएर मासु काट्न थाल्नुभयो । 

समाजका केही व्यक्तिले गरेको टिप्पणीबाट पछि हटेको भए आफनो यात्रा त्यहिँ टुँगिने थियो भन्ने अहिले पनि लागिरहन्छ उहाँलाई । ‘बाहुनको छोराले कुखुरा काटेको भनेर छिःछि दुरदुर गरेका बेला छोडेको भए छोडेको छोड्यै हुन्थ्यो तर मलाई उनीहरुको त्यो भनाई र समाजले के भन्ला भन्ने कुराले कति पनि पीर परेन’ उहाँ भन्नुहुन्छ ‘चोेरेर खान पो डर र लाज त मैले त काम गरेर खाएका हुँ भन्ने कुरा सम्झिएर गरिरहें ।’ 

गैंडाकोटमा भूमिका सप्लायर्स खोलेर कुखुरा, अण्डा अनि दानाको व्यापार गरिरहेका जयकृष्णले कुखुराकै व्यापारबाट अढाई तले घर बनाउनुभएको छ । छोरालाई उच्च शिक्षा पढाइरहनुभएको छ । हिजो एउटा साइकल किन्न नसकेका जयकृष्णले अहिले कुखुरा र दाना बजारमा पु्र्याउन आफ्नै गाडी छ । अनि कार पनि ।

यही व्यवसायले उहाँ पोल्टी सप्लायर्स कल्याणकारी संघको अध्यक्ष पनि बन्नुभएको छ । त्यति मात्रै होइन उहाँले कामको नयाँ नयाँ प्रबिधि र तरिका बुझ्न ५/६ वटा देशमा पनि घुमिसक्नुभएको छ । ‘हिजो र आजको तुलना गर्दा म आफैंलाई आफनो सफलताको कुरा पत्याउन गाह्रो हुन्छ’ जयकृष्णले भन्नुभयो ।

सफलता विश्वास नलागेपनि ५/६ घण्टा त्यो पनि भोकै पेट साइकल कुदाएर कुखुरा खोजेर ल्याएको कुरा चाहिँ बिर्सिनुभएको छैन उहाँले । ‘त्यो दिन सम्झिँदा त अहिले धेरै सुख छ नि । अहिले जहाँबाट जे ल्याउनुपर्दा पनि गाडी पाइन्छ त्यो पनि आफनै साधन छ’ जयकृष्ण भन्नुहुन्छ । श्रीमती अनि छोरा बुहारीले काममा सघाइरहेपनि उहाँले सात जनालाई रोजगारी पनि दिनुभएको छ । काम गर्ने मान्छे राखेपनि उनीहरुको नआएका बेला जयकृष्ण अहिले पनि आफैं मासु काट्नुहुन्छ । कामको खोजीमा एक दिनमा झण्डै १५ सय युवा खाडी देशमा गइरहेका छन । जयकृष्णको पालामा खाडीका देश भन्दा भारत जाने चलन भएकाले भारत जानुभयो ।

भारत पुगेपछि उहाँले कामको मेलो मात्रै समाउनुभएन, आफनै देशमा काम गर्न नचाहने तर अर्काको देशमा गएर चाहिँ जे पनि गर्न तयार हुने प्रवृत्ति पनि देख्नुभयो । ‘म घुम्न गएका देशमा नेपालीले गरेको मेहनत देख्दा यतिको मेहनत देशमै गर्ने हो भने नेपालमै पनि धेरै गर्न सकिन्छ भन्ने लाग्यो’ उहाँ भन्नुहुन्छ । त्यसका लागि सानो र ठूलो भनेर कामको तुलना नगर्न उहाँ सुझाव दिनुहुन्छ । -उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई