2026-07-07 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा बालगृह बन्ने

कात्तिक ८, बागलुङ । अभिभावक गुमाएका बालबालिकालाई आश्रय दिन जिल्लामा बालगृह सञ्चालन हुने भएको छ । 

जिल्ला बाल कल्याण समितिले बालगृह सञ्चालनको गृहकार्यमा जुटेको छ । समितिको आफ्नै भवनमा बन्ने सो बालगृहमा १० जना बालबालिका राख्न सकिन्छ । 

दुःख पाएका, बेसहारा र सडक बालबालिकाको संरक्षणका लागि बालगृह खोल्न लागिएको समितिका अध्यक्ष एवम् बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताउनुभयो । 

यसका लागि समितिका सदस्य केवी रानामगरको संयोजकत्वमा बालगृह सञ्चालन तथा व्यवस्थापन समिति पनि गठन गरी काम अघि बढाइएको छ । तत्काल सडकबाट उद्धार गरिएका चारजना बालिकालाई बालगृहमा राख्ने तयारी भइरहेको समितिका सदस्य एव्म ‘सेभ द् युथ’ बागलुङका अध्यक्ष मनिष रायमाझीले बताउनुभयो । समितिको भवनमा हाल स्थानीय शान्ति समितिको कार्यालय बस्दै आएको छ । 

उक्त कार्यालयलाई केही कोठामात्र भाडा दिएर बाँकी कोठा बालगृहका लागि प्रयोग गरिने जनाएको छ । खाना, पठनपाठन, आवास, मनोरञ्जन लगायतका आधारभूत सुविधासहितको बालगृह सञ्चालन हुने समितिले जनाएको छ । 

“आवास, भान्सा लगायतको तयारी भइरहेको र केही दिनमै बालगृह सञ्चालनमा आउँछ”, सदस्य रायमाझीले भन्नुभयो — समितिले सरकारी र गैरसरकारीस्तरमा संयोजन गरी बालगृहको व्यवस्थापन र सञ्चालनका लागि आवश्यक सहयोग जुटाउने भएको छ । 

“बालगृह दिगो व्यवस्थापनका लागि सबै पक्षसँग समन्वय गरेर अघि बढ्छौँ”, प्रजिअ पाण्डेयले भन्नुभयो, “यसबाट भविष्यमा बालबालिकासहित महिलालाई समेत सेवा दिने हाम्रो लक्ष्य छ ।” अञ्चल सदरमुकाम रहेको बागलुङमा एउटा पनि बालगृह नभएपछि आफूले विशेष पहल गरेर स्थापना गर्न लागेको उहाँको कथन छ । 

छिमेकी जिल्ला म्याग्दी लगायतका ठाउँमा यसअघि नै बालगृह सञ्चालनमा आइसकेका छन् । पूर्वाधार निर्माण र आर्थिक व्यवस्थापनका लागि जिविस, नगरपालिका लगायतका निकायबाट सहयोग लिइने समितिले जनाएको छ । यसअघि बागलुङमा बेसहारा भई सडकमा पुगेका बालबालिकालाई विभिन्न समयमा उद्धार गरेर जिल्लाबाहिरका बालगृहमा पठाउने गरिएको छ । 

केही महिनाअघि मात्र पाँचजना बालकलाई सडकबाट उद्धार गरी संरक्षणका लागि उनीहरुलाई पोखरास्थित बालगृहमा पठाइएको थियो । विद्यालय जान नपाएका, अभिभावक गुमाएका, दुःख पाएका बालबालिकाको सुरक्षित भविष्यका लागि बालगृह सहयोगी बन्ने विश्वास बागलुङवासीको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने