१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौँडाको कुश्माण्ड सरोबर त्रिबेणी धाममा लागिरहेको एक महिने मकर मेला सम्पन्न

२९ माघ २०७२, शुक्रबार ११:१०

माघ २९, हेटौंडा । हेटौँडाको कुश्माण्ड सरोबर त्रिबेणी धाममा लागिरहेको एक
महिने मकर मेलाको आज समापन भएको छ । माघ १ गतेदेखि महिनाभर लागेको मकर मेलाको आज एक विशेष कार्यक्रमसहित
समापन गरिएको हो ।

हेटौँडा उपमहानगर पालिकाका कार्यकारि प्रमुख
सुदेव कुमार पोखरेलको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेको अध्यक्षतामा भएको
कार्यक्रममा नेकपा एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल, राप्रपा नेपालका केन्द्रीय सदस्य दिपक बहादुर
सिंह, विश्व हिन्दु महासंघ मकवानपुरका अध्यक्ष रामप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो । आज
तिलार्चन सहित एकमहिने श्रीमद्भागवत गर्ग संहिता मास पारायणको समापन गरिएको हो ।

एक महिनासम्म पण्डित मुरारीप्रसाद चालिसेले कथा वाचन गर्नुभएको थियो । आज करिब ९० जना
भन्दा बढी बटुकको ब्रतबन्ध गरिएको समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिनुभयो । एक महिने
मकर मेला तथा श्रीमद्भागवत गर्गसंहिता श्रवण र एकसय ८ गौमुखी धारामा स्नान गर्नका दर्शनार्थीहरुको आउने
क्रम बिगतका तुलनामा बढिरहेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

यस वर्ष बारा,पर्सा, नवलपरासी,चितवन, गोरखा काठमाण्डौँ,
भक्तपुर,सिन्धुपाल्चोक लगायतका जिल्लाबाट दर्शनका लागि आएको उहाँले बताउन्भयो । यस वर्षको एक महिने
मेलामा विभिन्न स्थानबाट आएका भक्तजनहरुले स्वेच्छाले दिएको भेटीबाट मेलाको खर्च व्यवस्थापन गरिएको
समितिका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

स्वतस्फुर्त
रुपमा भक्तजनहरुले दिएको सामान्य भेटीबाट करिब ५ लाख संकलन भएको पनि उहाँले बताउनुभयो । एक महिनासम्मको
भागवत सफलतापूर्बक सम्पन्न भएको न्यौपानेले बताउन्ुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का