2026-09-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो कपः नेपालगन्ज ११ बिरुद्ध ब्याईज युनियन काठमाडौं १-४ ले बिजयी

गोपिकृष्ण चापागाई/ कात्तिक ८, नवलपरासी । नवलपरासीको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको आजको खेलमा ब्याईज युनियन क्लब काठमाडौं बिजयी भएको छ । नेपालगन्ज ११ सँगको खेलमा ब्याईज युनियनले १ का बिरुद्ध ४ गोल हान्दै बिजयी भएको हो । 

पहेँलो जर्सिमा खेल मैदानमा उत्रिएको ब्याईज युनियनको तर्फबाट जर्सि नं. ३ का अफ्रिकन खेलाडी कोन्डाले ३ गोल हानेर टिमलाई जिताउन सफल भए । खेलको २७ औं मिनेटमा पहिलो गोल, दोस्रो हाफको ७ औं मिनेटमा दोस्रो गोल र दोस्रो हाफको १६ औं मिनेटमा तेस्रो गोल गरेका थिए । साथै ब्याईज युनियनकै तर्फबाट जर्सि नं. २९ का बिनोद लामाले खेलको ४१ औं मिनेटमा १ गोल गर्न सफल भए ।

निलो जर्सिमा खेल मैदानमा उत्रिएको नेपालगन्ज ११ को तर्फबाट जर्सि नं. ८ का जुडामणी चौधरीले खेलको दोस्रा हाफको २२ औं मिनेटमा १ गोल गरेका थिए । 

यसका साथै भोलीको सेमिफाइनल खेलका लागी संकटा क्लब काठमाडौं र जगदम्बा लुम्बिनी क्लब भिड्ने आयोजकले बताएको छ । साथै सेमिफाइनल खेलबाट खेल हेर्न दर्शकहरुका लागी टिकट दर रु. ३० बाट रु. ५० बनाइएको आयोजकले जानकारी दिएको छ । खेल दिउँसोको ३ बजे देखी सुरु हुनेछ ।

संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेता टिमले नगद रु ३ लाख २५ हजार ५ सय ५५ र
एक दिनको होमस्टे बसाई गर्न पाउने छन भने, उप विजेता टिमले नगद रु १ लाख ६५ हजार ५ सय ५५ पाउने छन ।

तस्बिरः सागर पोख्रेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई