2026-07-24 08:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशमा प्रभावकारी बन्दै यात्रु मैत्री अभियान

बैशाख २२, काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई यात्राको समयमा हुने समस्याहरू समाधान गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘यात्रु मैत्री अभियान’ प्रभावकारी हुँदै गएको छ ।

२०७९ माघ १८ गते शुभारम्भ गरिएको अभियानलाई ‘सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ अन्तर्गत राखेर काम गर्दा थप प्रभावकारी बन्दै गएको हो । यसले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आइपर्ने समस्या र अप्ठेरा समाधान गरी यात्रुलाई सेवा दिन सकिने तथ्य पुष्टि गरेको छ ।

सवारी आवागमनलाई सहज र सुरक्षित बनाई दुर्घटना न्यूनीकरण गर्न थप प्रहरी परिचालन गरी अभियान संचालन गरिएको छ । अभियान शुरू भएदेखि २०८० चैत महिनासम्मको अवधिमा कर्णाली प्रदेशमा यात्रु मैत्री अभियान अन्तर्गत जम्मा ८ लाख १६ हजार ८ सय ४१ वटा सवारी साधन जाँच गरिएको छ । ती सवारीमा यात्रा गर्ने २९ लाख ९ हजार ९ सय ९४ जना नागरिक लाभान्वित भएका छन् । 

सार्वजनिक सवारी साधनमा यात्रुलाई सुरक्षित र मर्यादित रूपमा यात्रा गराउने वातावरण सिर्जना गर्न अभियान केन्द्रित रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन्, “यात्रुलाई सुरक्षित र सहज तरिकाले गन्तव्य तय गराउने अवस्था सिर्जना गर्नका निमित्त अभियान संचालन गरिएको हो । यसले बिना झन्झट र नठगिइकन यात्रा गर्न पाइएको पृष्ठपोषण यात्रुहरूबाट आइरहेको छ । अभियानको उचित अनुगमन र मूल्याङ्कन गर्दै यसलाई अझ प्रभावकारी बनाउन केन्द्रबाट समेत निर्देशन एवम् उचित व्यवस्थापन गरिएको छ । यसले गर्दा समस्या परेमा, दुर्व्यवहार भएमा तत्काल प्रहरीले यात्रुलाई सहयोग पुर्‍याउँदछ ।”

धेरै सवारी साधन आवतजावत गर्ने ठाउँ र सडकमा सक्रिय रूपमा प्रहरी परिचालन गर्ने गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओली भन्छन्, “हामीले हरेक इलाकामा नजिकको प्रहरी कार्यालय र ट्राफिक प्रहरीको फोन नम्बर, हटलाइन नम्बर दिएका छौं । कुनै समस्या भए खबर गर्न अनुरोध गरेका छौं । गस्ती बढाएका छौं । खबर प्राप्त हुनासाथ तत्काल प्रहरी खटिएर गई आवश्यक कारवाही गर्ने गरिएको छ ।

सवारीसँग सम्बन्धित सरोकारवाला निकाय, सवारी धनी तथा सवारी चालक एवम् सहचालकसँग मिलेर उनीहरूकै सुझाव कार्यान्वयन गर्दै काम गर्दा अभियान सफल हुँदै गएको छ ।” सडक सुरक्षाको लागि स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरी पर्याप्त मात्रामा रोड ईन्जिनियरिङ र रोड फर्निचर समेतको व्यवस्थापन गर्न योजनावद्ध ढंगले काम गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक ओलीको भनाइ छ । 

अभियान नागरिकमैत्री छ । प्रविधिको प्रयोगलाई विशेष जोड दिइएको छ । जसले तथ्यगत सूचना संकलन गर्न तत्काल उचित निर्णय गर्न सघाउँछ । सुरक्षित यात्राका लागि समस्या भए समाधानका लागि ट्राफिक प्रहरीले विभिन्न चेक प्वाइन्टमा यात्रुको अवस्था बारे जानकारी लिने गरेको छ ।

अभियान सफल पार्न, प्रहरीले आफ्नो सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन विभिन्न रणनीति तय गरी काम गरिरहेको छ । यसका लागि भौतिक पूर्वाधार र साधन स्रोत सुधार एवम् थप गर्न पहल गरिएको प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक