2026-07-25 02:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुख्यमन्त्रीको पिए हुँ भनी ठग्ने पक्राउ

बैशाख २७, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको स्वकीय सचिव (पिए) हुँ भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३१ बस्ने २८ वर्षीय सुवास सुवेदीलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको नेतृत्वमा खटिएको टोलीले सुवेदीलाई कास्की ल्याएपछि बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले पोखरा–६, लेकसाइडमा रहेको एके टुर्स एन्ड ट्राभल्समा फोन गरी विमानको टिकट काटन लगाएको र पछि पैसा नदिएको जानकारी दिनुभयो ।

“मुख्यमन्त्रीको पिए हुँ भनी पोखरा काठमाण्डौंको टिकट काट्न लगाईको पाइयो । क्युआर कोर्डबाट पछि पैसा पठाइदिन्छु भनी नपठाएको देखियो,” शर्माले भन्नुभयो । सुवेदीविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

सुवेदीविरुद्ध यसअघि पनि यस्तै प्रकृतिको ठगीका तीन जाहेरी रहेको प्रहरीले जनाएको छ । होटलहरुमा खानपिन गर्ने पैसा नतिर्ने, मुख्यमन्त्री र वालुवाटारबाट बोलेको हुँ भनी ठगी गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ