२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बैंकको ताला फोड्न नसकेपछि चाबी खोस्न सुरक्षा गार्डको हत्या

२०८१, ३० बैशाख आईतवार ११:५९

बैशाख ३०, काठमाडौँ । लुटपाट गर्ने उद्देश्यले सप्तरीको सप्तकोशी नगरपालिका-१ स्थित नेपाल बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्डको हत्या भएको खुलेको छ । 

हत्यामा संलग्न सोही नगरपालिका वडा नं ५ का चन्द्र बहादुर सुवेदीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेको छ । उनले लुटपाट गर्ने उद्देश्यले बैंकका सुरक्षा गार्डको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मधेश प्रदेश र जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले बैंक सीसीटिभी फुटेजको अध्ययनको आधारमा सुवेदीलाई पहिचान गरी नियन्त्रणमा लिइएको हो । सुवेदीलाई प्रहरीले चितवनको राप्ती नगरपालिका वडा नं. १ लोथरबाट शनिबार पक्राउ गरेको हो।


गत बिहीबार बिहान फुयाँल बैंकमा मृत भेटिएका थिए। उनीमाथि खुकुरी प्रहार भएको थियो। यस घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयसँगै मधेस प्रदेश प्रहरी कार्यालयबाट संयुक्त टोली खटिएको थियो। 

 प्रहरीका अनुसार पक्राउ परेका सुवेदी बैंक लुट्ने उद्देश्यले उनी शौचालयको भेन्टिलेटरबाट भित्र छिरेका थिए। करिब राति साढे १२ बजेतिर उनी बैंकमा प्रवेश गरेका थिए। लुटपाटका लागि उनले आफूसँग हेक्साब्लेड, रेन्चु, पिलास, डोरी, रड र खुकुरी बोकेका थिए। त्यही सामग्रीको प्रयोग गरी बैंकमा रहेको एउटा ताला फोड्न भ्याएका थिए। यद्यपि, दोस्रो तहको ताला भने फोड्न सकेनन्। त्यसो नसकेपछि उनी सुरक्षा गार्ड फुँयालको कोठामा प्रवेश गरेका थिए।

कोठामा रहेको चाबी देखेपछि खोस्न खोजेका थिए। तर त्यसबेला सुरक्षागार्ड फुँयालले चाल पाएका थिए। जसपछि दुई जनाबीच झडपको स्थिति बनेको प्रहरीले जनाएको छ।

त्यसपछि त्यहाँ रहेको खुकुरीले फुँयालमाथि प्रहार गरी हत्या गरेका थिए। उनले बैंकमा लुटपाट गर्न भने भ्याएनन्।

हत्या गरेर भागेका उनलाई प्रहरीले खोजी गरिरहेको थियो। सिसिटिभी फुटेज र अन्य प्राविधिक विश्लेषणको आधारमा प्रहरीले उनलाई चितवनबाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनले आफू आर्थिक समस्यामा रहेको कारण बैंक लुट्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन्। त्यस्तै उनले केही समय सशस्त्र प्रहरीको जवान भएर समेत काम गरेको खुलेको छ।

प्रहरीले उनीबाट घटनामा प्रयोग भएको खुकुरी, उनले बोकेको झोला, त्यसबेला लगाएका कपडा, लुट्न प्रयोग गरिएका सामान र काठ बरामद गरेको छ। पक्राउ गरेपछि उनले लुकाएका सामानको खोजी गरिएको थियो। कतिपय सामान उनकै घरबाट बरामद भएको थियो। जिल्ला प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने