२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

संसद्‍को गतिरोध अन्त्य गर्न कांग्रेस लचक : गृहमन्त्री लामिछानेलाई रोष्टममा बोल्न दिने

२०८१, ३ जेष्ठ बिहीबार ०७:४८

जेठ ३, काठमाडौँ । प्रतिनिधि सभाको बैठक सरेपछि नेपाली कांग्रेसका सांसदबीच छलफल जारी रहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ। 

कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन्। कांग्रेसले संसद् अवरोध गरे एमाले प्रतिवाद गर्ने बुधबार संसदीय दलको बैठकमा केपी शर्मा ओलीले जानकारी गराएका थिए। बिहीबारको बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने र लामिछानेलाई संसदमा बोल्न नदिए एमाले बोल्ने चेतावनी दिएपछि कांग्रेसले लामिछानेलाई बोल्न दिन लचिलो बनेको छ।

संसदको गतिरोध र संसदीय समिति गठनको विषयमा आज बिहानपनि सत्तारुढ दल र प्रतिपक्ष कांग्रेसको प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गरेका छन्। प्रधानमन्त्रीले गृहमन्त्रीलाई संसद्‍मा बोल्न दिएर समिति बनाउन आग्रह गरेपछि सभापति शेरबहादुर देउवा पनि लचिलो बनेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। ‘कांग्रेसका सांसदहरुको बैठकमा चलिरहेको छ, म पनि जाँदै छु। प्रधानमन्त्री प्रचण्डजीले गृहमन्त्रीलाई संसद्‍मा बोल्न दिएर समिति बनाऊँ भन्नुभएको छ।’ लेखकले भने,  ‘सभापति शेरबहादुर देउवा पनि यसमा सकारात्मक हुनुहुन्छ। अरू साथीहरूको राय लिन बैठक बस्दैछौँ।’

लामिछाने बोलेपछि कांग्रेसले पनि बोल्न पाउनुपर्ने उनीहरुको माग छ। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी