२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कार मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ

२०८१, ३ जेष्ठ बिहीबार ०९:०२

जेठ ३, काठमाडौं । जबरजस्ती करणी (बलात्कार) मुद्दामा फरार रहेका दुई जना अभियुक्त आठ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरी पिपरा–५ का २० वर्षीय सौरभ झा र काभ्रे नमोवुद्ध–९ का २२ वर्षीय साजन अधिकारी रहेको प्रहरीले जनाएको छ।

अभियुक्तहरूले गएको भदौ २९ गते कलङ्कीमा रहेको लोमस गेष्ट हाउसभित्र परिवर्तित नाम ‘कालीमाटी–२६’माथि पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनापछि दुबैजना फरार थिए।


यसक्रममा उनीहरू काठमाडौंमै रहेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झालाई काठमाडौँको बाफल र अधिकारीलाई ठमेलबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ पछि दुबैजनामाथि आवश्यक थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटीले गरिरहेको छ।

यस्तै पक्राउ परेका अभियुक्त अधिकारीविरुद्ध गएको पुस ४ गते धादिङमा भएको एक घटनामा ज्यान मार्ने उद्योग मुद्दाको पनि फरार अभियुक्त रहेको खुल्न आएको एसपी रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी