कविता उपाध्याय/कात्तिक ९, रोल्पा । “दशवर्षे माओवादी सशस्त्र युद्धका समयमा बेपत्ता पारिएका बेपत्ता परिवारका सदस्यका लागि यो दशैं रुवाबासीमै बित्यो । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कविता उपाध्याय/कात्तिक ९, रोल्पा । “दशवर्षे माओवादी सशस्त्र युद्धका समयमा बेपत्ता पारिएका बेपत्ता परिवारका सदस्यका लागि यो दशैं रुवाबासीमै बित्यो । 

"/>
2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा बेपत्ता परिवारको दशैं तिहार रुवाबासीमै बित्यो

कविता उपाध्याय/कात्तिक ९, रोल्पा । “दशवर्षे माओवादी सशस्त्र युद्धका समयमा बेपत्ता पारिएका बेपत्ता परिवारका सदस्यका लागि यो दशैं रुवाबासीमै बित्यो । 

तिहार र छठ पर्व नजिकिँदै गर्दा पनि खुसीयाली थपिनुको साटो उनीहरूलाई बेपत्ता पारिएका आफन्तको सम्झनाले चोटैचोट मात्र दिएको छ । जवानीमै सिउँदो पुछिएका श्रीमती, बूढेसकालको सहारा गुमाएका आमाहरु, आफूलाई धर्ती देखाउने र शिक्षा दिक्षाको उज्यालो बाटोमा हिँडाउने मातापिता गुमाएका सन्तान वा दाजुभाइ तथा दिदीबहिनी गुमाएका आफन्त सबैमा यो दसँै तिहारले थप पीडा दिएको परिवारका सदस्यले बताएका छन् । 

दसँै तिहार र छठजस्ता महान चाडपर्व नजिकिन थालेपछि परदेसीएका प्रवासी घर सम्झेर आउन थालेसँगै बेपत्ता परिवारमा रुवाबासी सुरु हुन थालेको हो । यसरी अन्य परिवारका प्रवासी घर फर्कदा बेपत्ता पारिएका आफन्तको सम्झनाले थप पीडा दिने गरेको बेपत्ता परिवारका सदस्यले बताए । 

अझ दसैँको टीका जमरा र तिहारको देउसी भैलोले बेपत्ता परिवारमा उत्साहको साटो पीडा थप्ने उनीहरुको भनाइ छ । “हाम्रा आफन्त पनि बेपत्ता नपारिएको भए यसरी नै धन कमाएर चाडपर्वका बेला घर फर्कन्थे होल बडाचौर– ८ रोल्पाका भक्तबहादुर सुनारले निराश हुँदै भन्नुभयो ।” 

सुनारका जेठा छोरा सशस्त्र युद्धका बेला गाउँबाटै बेपत्ता पारिनुभएको थियो । “म त बाहिर काममा निस्कन्छु मन बुझाउँछु तर उसकी आमाको रुँदारुँदा आँखा बसिसके । जीउ कमजोर बन्दै गएको छ । भक्कानो फुटेर निस्केको आँसु रोक्न सकिदो रहेनछ उहाँले भन्नुभयो । 

यो दसँै तिहारले सुनारको परिवारमा अझ थप पीडा निम्त्याएको छ । यस्तै उमेरले ७० वसन्त पार गरिसकेकी जेलवाङ– ४ रोल्पाकी गौना बूढाले वर्षौ बितिसक्दासम्म पनि छोरो नफर्किएपछि छोरालाई भेट्ने आशा मारिसक्नु भएको छ । अब छोरो मरेको खबर सुन्न पाए मन बुझाउने थिएँ उहाँले भक्कानिदै भन्नुभयो । कहिलेकाँही छोरो सपनामा आएको देख्दा निकै खुसी हुन्छु । तर सपनाबाट ब्यूझिँदा मन बुझाउन निकै गाह्रो हुन्छ । उहाँ भक्कानिनुभयो । 

विसं २०५५ दशवर्षे सशस्त्र युद्धका समयमा गाईवस्तु चराउन गएको १४ वर्षीय छोरा नलै बूढालाई गोठबाटै माओवादीले अपहरण गरेर लगेपछि आजसम्म पनि उहाँको अत्तोपत्तो छैन । बूढेसकालमा जन्मिएको एक मात्र छोरो बाँचुञ्जेल पालोस मरेपनि चितासम्म पु¥याओस् भन्ने बूढाको सपना थियो ।

 तर बिचमै तोडियो । उहाँका १२ सन्तान जन्मिएकोमा आठजना मरे, बचेका तीन छोरी विवाह गरेर गएँ । आफ्नो बूढेसकालको साहारा सम्झेको छोरा बेपत्ता पारियो । केही महिनाअघि श्रीमान् शङ्करे बूढाको पनि छोराको यादमा तड्पि/तड्पि मृत्यु भएपछि गौना बूढा असहाय बन्नुभएको छ । 

छोरो भएको भए बुहारी हुन्थी, नाती नातिनी हुन्थे यो तिहारको रमझममा घर कति उज्यालो हुँदो हो उहाँँले मीठो कल्पना सुनाउदै भन्नुभयो कति हिउँद बिते कति वर्षाऋुतु मौसम बदलियो, ऋतु बदलियो तर मेरो मन बदलिन सकेन” । यस्तै सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका जंकोट रोल्पाकी ८९ वर्षिया सोमरा पुनका आँखा पनि अझै ओभाएका छैनन् । 

हाल कान्छी छोरीसंग बस्दै आएकी पुन भन्नुहुन्छ सबैका छोराहरु चाडपर्वका बेला धन कमाएर विदेशबाट फर्कदा मन धर्कन्छ । छोराले पढ्यो भने बुढेसकालमा हेर्ला भन्ने आशाले पढ्नका लागि दाङ पठाएका थियौं । विनाकारण बाटोबाटै अपहरणमा परी बेपत्ता पारियो अझै सम्म पनि छोराको अत्तोपत्तो छैन । अरुका लागि दशै आयो तिहार आयो तर हाम्रा लागि दशा उसकै यादमा रुवाबासी छ घरमा ।

यी त प्रतिनिधि पात्रमात्र हुन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका अनुसार सशस्त्र युद्धका समयमा रोल्पा जिल्लाका ३० गाविसका ६९ जना बेपत्ता पारिएका छन् । हाल सम्म पनि उनीहरुको अवस्था अज्ञात छ । बेपत्ता पर्नेहरुमा सबैभन्दा बढी कोर्चाबाङ गाविसबाट ७ जना र तत्कालिन लिबाङ गाविस हालको लिबाङ नगरपालिकाबाट ६ जना रहेका छन् । आफन्तको जिउदो मर्दो खवर नपाउँदा अझैपनि बेपत्ता परिवारका सदस्यहरु तड्पी रहेका छन् । 

आखिर हाम्रो आफन्तलाई बेपत्ता पारेर के पायो माओबादीले के पायो सरकारले आफन्तहरुको एकमात्र प्रश्न यही नै छ । यस तर्फ सरकारले समयमै चासो दिनुपर्नेमा उनीहरुको जोड छ । यो तिहार र छठ पर्व अगाडि कि बेपत्ता पारिएकाहरुको ज्यान देऊ कि चिहान देऊ । सरकारसंग बेपत्ता परिवारका सदस्यहरुले यही माग राखेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई