पंकज धामी | कात्तिक १०, दार्चुला | खम्पा काण्डमा महत्वपूर्ण भूमिका खेलेबाफत गोरखा दक्षिण बाहू (गोदवा) तेस्रो पाएका ९० वर्षिय चन्द्रबहादुर घर्तीको प्रहरी सलामी सहित अन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी | कात्तिक १०, दार्चुला | खम्पा काण्डमा महत्वपूर्ण भूमिका खेलेबाफत गोरखा दक्षिण बाहू (गोदवा) तेस्रो पाएका ९० वर्षिय चन्द्रबहादुर घर्तीको प्रहरी सलामी सहित अन्त"/>
2026-07-07 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

खम्पा काण्डका गोरखा दक्षिण बाहू तेस्रो घर्तीको देहावसान

पंकज धामी | कात्तिक १०, दार्चुला | खम्पा काण्डमा महत्वपूर्ण भूमिका खेलेबाफत गोरखा दक्षिण बाहू (गोदवा) तेस्रो पाएका ९० वर्षिय चन्द्रबहादुर घर्तीको प्रहरी सलामी सहित अन्तिम संस्कार गरिएको छ ।

२०३१ साल भदौमा खम्पा काण्डमा महत्वपूर्ण भूमिका खेलेबाफलत २०३२ सालमा तत्कालीन श्री ५ को सरकारले उनलाई गोदवा तेस्रो दिने घोषणा गरेको थियो । काठमाण्डौं जान नसके कै कारण उक्त पुरस्कार लिन नसकेको उहाँका जेठा छोरा ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो ।

चिनियाँ सेनाले तिब्बतमाथि कब्जा गरेपछि, तिब्बती धर्म गुरुका अनुयायी (खम्पा) हरुले बिद्रोह गरे । चीनले त्यो बिद्रोहलाई नियन्त्रण गर्न खोज्दा तिब्बतबाट खम्पाहरु हातहतियार सहित नेपाल र भारत जान खोजे । त्यतिबेला भारतले तिब्बतीहरुलाई शरणार्थीका रुपमा स्वीकार गरेको र नेपालले नगरेको हुँदा ती खम्पाहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो । त्यसैगरी चिनियाँ सरकारले नेपाल सरकारसँग तिब्बतीहरुलाई शरण नदिन आग्रह गरेको थियो ।

यही पृष्ठभूमिमा २०३१ साल भदौमा तिब्बतबाट खम्पाहरु भारत र नेपाल पस्न खोजे । चिनसँगको युद्धका बेला कालापानीमा बसेको भारतीय सेनाको सिविर हुँदै भारत जाने खम्पाहरु भारत छिर्न सफल भए भने तिंकर भञ्याङ् भएर आउने खम्पाहरुले तत्काली शाही नेपाली सेना र नेपाल प्रहरीको समाना गर्नु पर्यो । ‘तिंकर भञ्याङ्बाट नेपाल छिर्न खोज्ने बाङ्दीलाई जिउँदो वा मारेर ल्याउनेलाई पुरस्कार दिने घोषणा तत्कालीन श्री ५ को सरकारले गरेको थियो ।’ खम्पा काण्डका प्रत्यक्षदर्शी तथा गोदवा तेस्रो जयदेव अवस्थी बताउनु हुन्छ । ‘नेपाली सुरक्षाकर्मीले बाङ्दीलाई मारेको र केहीलाई पक्राउ गरि काठमाण्डौं पठाउन सफल भएको घटनामा संलग्नहरुलाई गोदवा तेस्रो दिने घोषणा गरियो ।’ त्यतिबेला प्रावि छाङ्रुका प्रधानाध्यापक समेत रहेका गोदवा तेस्रो जयदेव अवस्थी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने