2026-07-07 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

मध्यपश्चिम विश्व विद्यालयको टोलि एक साता भ्रमणका लागि जुम्लामा

नन्दराम जैशी | कात्तिक १०, जुम्ला |  

मध्यपश्चिम विश्व विद्यालय सुर्खेतका विद्यार्थि र शिक्षकको टोलि एक साता भ्रमणका लागि जुम्ला पुगेका छन् । दोन्द्ध र शान्ती अध्ययन कार्यक्रमका विद्यार्थिहरुको स्थलगत अध्ययनका लागि जुम्ला र मुगुको एक साता भ्रमण कार्यक्रममा मध्यपश्चिम विश्व विद्यालयका विद्यार्थि र शिक्षकको टोलि मंगलबार जुम्ला पुगेको हो । मध्यपश्चिम विश्व विद्यालयका उपप्रध्यापक ललितजंग शाहि र कमल लम्सालको नेतृत्वमा आएको भ्रमण टोलिमा १२ जना विद्यार्थिहरुको सहभागिता रहेको छ ।  

उपप्रध्यापक लम्सालका अनुसार जुम्लाको दशबर्षे सशस्त्र दोन्द्ध, महिला सशक्तिकरण, पर्यटनको संभावना र संक्रमण कालिन न्यायको अवस्थाका बिषयमा भ्रमण टोलिले अध्ययन गर्ने भएको छ । त्यस्तै जुम्लाको सामाजिक तथा आर्थिक अवस्थाको बिषयमा पनि भ्रमण टोलिले अध्ययन गर्ने उहाले बताउनुभयो । साथै भम्रणका क्रममा मध्यपश्चिम विश्व विद्यालयमा मानविकि तथा सामाजिकशास्त्रका बिषयमा नँया भर्ना खुलेको पनि सबैलाइ जानकारी गर्ने उहाको भनाइ छ । 

भ्रमण टोलिमा सहभागि दोन्द्ध र शान्ती अध्ययन स्नाकोत्तर तेस्रो बर्षमा अध्ययनरत विद्यार्थि लक्ष्मी श्रेष्ठले सशस्त्र दोन्द्धका क्रममा जुम्लाका महिलाहरु प्रभावित भएको भन्दै उहाहरुको हालको अवस्था अध्ययनका लागि जुम्लालाइ भ्रमणको केन्द्रका रुपमा छनोट गरीएको बताउनुभयो । भ्रमणका क्रममा आफ्नो अध्ययनमा जुम्लाको महिला सशक्तिकरणका सवाललाइ उठान गर्ने उहाको भनाइ छ । 

जिल्लाको ग्रामिण भेगमा कुनै गाँउ तथा वडालाइ अध्ययन केन्द्रका रुपमा चयन गरी अध्ययनका लागि छनोट भएका बिषयबस्तुका आधारमा सवालहरु उठान गर्ने र अध्ययनपछि प्रतिबेदन तयार पार्ने उहाले जानकारी दिनुभयो । मध्यपश्चिम विश्व विद्यालय सुर्खेतका विद्यार्थि र शिक्षकको टोलि एक साता भ्रमणका लागि जुम्ला, मुगु र कालिकोटका विभिन्न गाँउसम्म पुग्ने भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने