२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाली खेलाडीको मनोबल बढाउन स्टेडियम पुगौं : जनसम्पर्क सभापति विष्ट

२०८१, २२ जेष्ठ मंगलवार ०५:२९

जेठ २२, टेक्सास | नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत आज नेपालको पहिलो खेल हुने भएकाले खेलाडीको मनोबल बढाउन अमेरिकामा रहेका नेपालीहरूलाई स्टेडियमा उपस्थित हुन आग्रह गरेका छन्।

नेपालले पहिलो खेल मंगलबार राति ९:१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ। नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ।

'उक्त प्रतिस्पर्धामा नेपाली खेलाडीको मनोबल बढाउन हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ। हामीले प्रदान गरेको हौसलाले खेलाडिहरूलाई जित्न बल पुग्ने सेतु हुनसक्छ। नेपाली खेलाडी सुपर ८ मा पुग्न सफल भएमा नेपालको शीर थप चुलिने छ। त्यसैले यहाँहरू सबैको गरिमाय सहभागिताका लागि विनम्र अनुरोध गर्दछु,' विष्टले एक अपिल जारी गर्दै भनेका छन्।

१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० विश्वकप मैदानमा उत्रिने भएको छ। यसअघि बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गरेको थियो। पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो