कार्तिक ११ पर्वत । नीजि तथा आवासीय विद्यालयको छाता संगठन(प्याब्सन) केन्द्रिय अध्यक्षले राज्यले शिक्षामा नीजि क्षेत्रको योगदानलाई विर्सेर उपेक्षा गरेको आरोप लगाएका छन् । पर्वत गुरुकुल एकेडेमीको नवनिर्मित भवनको समुद्घाटन गर्न प्याब्सन केन्द्रिय अध्यक्ष लक्ष्य बहादुर केसी पर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ११ पर्वत । नीजि तथा आवासीय विद्यालयको छाता संगठन(प्याब्सन) केन्द्रिय अध्यक्षले राज्यले शिक्षामा नीजि क्षेत्रको योगदानलाई विर्सेर उपेक्षा गरेको आरोप लगाएका छन् । पर्वत गुरुकुल एकेडेमीको नवनिर्मित भवनको समुद्घाटन गर्न प्याब्सन केन्द्रिय अध्यक्ष लक्ष्य बहादुर केसी पर्व"/>
2026-09-20 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राज्यले नीजि क्षेत्रको योगदानलाई उपेक्षा गर्न हुँदैन ः प्याब्सन अध्यक्ष केसी

कार्तिक ११ पर्वत । नीजि तथा आवासीय विद्यालयको छाता संगठन(प्याब्सन) केन्द्रिय अध्यक्षले राज्यले शिक्षामा नीजि क्षेत्रको योगदानलाई विर्सेर उपेक्षा गरेको आरोप लगाएका छन् । पर्वत गुरुकुल एकेडेमीको नवनिर्मित भवनको समुद्घाटन गर्न प्याब्सन केन्द्रिय अध्यक्ष लक्ष्य बहादुर केसी पर्वत सदरमुकाम कुश्मामा बुधवार आएका हुन् ।
    समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि रहेका अध्यक्ष केसीले नेपालको शिक्षा क्षेत्रमा नीजि क्षेत्रको योगदान अतुलनीय रहेको उल्लेख गर्दै राज्यले भने नीजि क्षेत्रको योगदानलाई उपेक्षा गर्दै आएको बताए । शिक्षा सम्वन्धि ऐन बनाईदा र नीति निर्माण गर्दा नीजि क्षेत्रलाई पनि राज्यले समेट्नु पर्ने अध्यक्ष केसीको  भनाई थियो । विद्यालयले आयोजना गरेको भव्य कार्यक्रमका विच प्याब्सन अध्यक्ष केसीले नवर्निमित भवनको समुद्घाटन  गरे ।
    समुद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै एकेडेमीका प्रिन्सिपल केशवराज पुरीले स्कुल स्थापनाको समय २०६४ नीजि विद्यालय लागि प्रतिकुल रहेको भएपनि आफूहरुले आँट गरेको र अभिभावक साथै संचालकहरुको साथ सहयोगले संचालन गर्न सफल रहेको बताए ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, शिक्षापे्रमी व्यक्तित्वहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार, अभिभावक, विद्यार्थी लगायतको सहभागीता थियो । कार्यक्रममा विद्यार्थी भाईवैनीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर उद्घाटन कार्यक्रमको     रौनक बढाएका थिए । सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संचालक सदस्य गणेश पौडेलले गरेका थिए ।
    पर्वतको कुश्मामा विसं.२०६४ साल स्थापना भएको एकेडेमीले छोटो समयमा नै आफ्नै भवन निर्माण गर्न सफल भएको छ । विद्यालयले चार तल्ले पक्की भवनबाट विद्यार्थीको पठनपाठन शुरु थालेको छ । यसअघि विद्यालयले भाडामा लिएको कच्ची घरबाट विद्यालय संचालन गर्दै आएको   थियो ।  
    संचालक सदस्यमध्येका गणेश पौडेलका अनुसार हाल विद्यालयसँग आफ्नै जग्गा र पक्की भवन गरी करीव ४ करोड ५० लाख अचल सम्पत्ति रहेको छ । माध्यामिक तहसम्म पढाई हुने एकेडेमीमा हाल ७०० विद्यार्थीहरु अध्ययनरत छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो