कात्तिक ११, काँकडभिट्टा । झापाको दमक क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीलाई एक सातादेखि निरन्तर परिचालन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ११, काँकडभिट्टा । झापाको दमक क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीलाई एक सातादेखि निरन्तर परिचालन ग"/>
2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दमकमा डेङ्गु नियन्त्रणका लागि विशेषज्ञ टोली

कात्तिक ११, काँकडभिट्टा । झापाको दमक क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीलाई एक सातादेखि निरन्तर परिचालन गरेर रोग नियन्त्रणको प्रयास जारी राखेको छ । अहिले यहाँ स्वास्थ्य मन्त्रालयबाटै आएको विशेषज्ञ टोली समेत खटिएको छ । 

दमक क्षेत्रमा मात्र डेङ्गु सङ्क्रमितको सङ्ख्या १०० नाघेपछि सरकारले टोली नै खटाएर नियन्त्रणको प्रयास गरेको हो । “हाम्रो ध्यान दमकमा छ,” जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख देवराज कार्की भन्नुहुन्छ – “सङ्क्रमितको पहिचान, उपचार र लामखुट्टे नियन्त्रणमा सरकारी टोलीले युद्धस्तरमा कार्य गरिरहेको छ ।” 

धमाधम बिरामी बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले रोग प्रभावित क्षेत्रमा केन्द्रबाटै चिकित्सक र प्राविधिक टोली खटाउनु परेको जनाइएको छ । 

झापामा तीन वर्षअघि पनि डेङ्गु सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको थियो । सन् २०१२ मा मेचीनगर क्षेत्रमा यसको सङ्क्रमण बढी मात्रामा भेटिएको थियो । अहिले दमकमा धेरै पाइएको छ । 

स्वास्थ्य मन्त्रालयले दमकमा डेङ्गु जाँचका लागि आवश्यक कीटसहित डा यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डबलबहादुर बिसीलाई खटाएको छ । 

उनीहरूले त्यहाँ पुगेर डेङ्गु नियन्त्रणका लागि काम गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रोग प्रभावित क्षेत्रमा ‘सर्च एन्ड डिस्ट्रोएड’ अभियान पनि सञ्चालन गरिएको छ । टोलीले डेङ्गु फैलाउने लामखुट्टेका लार्भा नस्ट गर्ने कार्य गर्दछ । 

दमकमा डेङ्गु रोगबाट बच्न र बचाउन सचेतना कार्यक्रमलाई जनस्वास्थ्य कार्यालयले तीव्र तुल्याएको जनाएको छ । डेङ्गु रोक्ने उपाय लामखुट्टे नियन्त्रण नै एकमात्र भएकाले त्यसका लागि आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालय झापाले सर्वसाधारण सबैलाई आह्वान गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई