2026-09-19 10:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दलित बिद्यार्थीलाई कापीकलम वितरण

रबिन्द्र यादव/ कार्तिक ११ नवलपरासी । नवलपरासीमा मधेस युवा उत्थान विकास मंचले विपि माध्यमिक विद्यालय पक्लिहवा ८ बलिनगर मा अध्ययनरत दलित बालबालिकालाई कापीकलम वितरण गरेको छ । 

विद्यालय ब्यवस्थापक समितिका अध्यक्ष ओमप्रकाश तिवारीको अध्यक्षता रहेको कापीकलम वितरण कार्यक्रममा मधेस युवा उत्थान विकास मंच नवलपरासीका जिल्ला अध्यक्ष धिरज त्रिपाठी प्रमुख अतिथि रहनु भएको थियो । 

प्रमुख अतिथि त्रिपाठीले अगामी दिनमा पनि अध्ययनरत दलित बालबालिकाहरूलाई कापीकलम वितरण गर्ने प्रतिबद्धता गर्नु भएको थियो साथै आर्थिक अभावको कारण विद्यालय जान नसकेका बालबालिकाको सम्पुर्ण खर्च मंचले बेहोर्न गरि ती बालबालिकालाई विद्यालय सम्म पुर्याउने बताउनु भएको थियो । 

कापीकलम वितरण कार्यक्रममा मंचका उपाध्यक्ष युवराज मौर्या, सचिव रामेश्वर कोइरी, भुजहवा उप समिति संयोजक अमर यादव, ठुलो खरेटवा उप समिति संयोजक जय गोविन्द यादव, कुडिया उप समिति संयोजक ब्रिजेश गुप्ता, पक्लिहवा उप समिति उप संयोजक इसरायल अन्सारी विद्यालय व्यवस्थापक समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।  

मंचले आफ्नो विद्यालयका दलित बालबालिकालाई कापीकलम वितरण गरेकोमा विद्यालयका अध्यक्ष ओमप्रकाश तिवारीले खुशी ब्यक्त गर्नु भएको थियो । त्यसैगरी कक्षा १ देखि कक्षा १० सम्मका जहेन्दार बालबालिकालाई सोहि कापीकलम समेत वितरण गरिएको थियो । 

मधेस युवा उत्थान विकास मंच नवलपरासीले कापीकलम वितरण गरेपछि यसको चौतर्फी प्रशंसा गरिएको छ । हाल मंचले जिल्लाको विभिन्न ठाउहरुमा उप समिति गठन गर्दै जनचेतनामूलक, समाज रुपान्तरण किसिमको विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई