२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपा महामन्त्री ढकाललाई कारबाही गर्ने पार्टीको तयारी

२०८१, १३ असार बिहीबार ०९:०१

असार १३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले कारबाही गर्ने तयारी गरेको छ।

बुधबार पार्टीको अवस्था बुझ्न गरेको जिल्ला भ्रमणको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका ढकाललाई महामन्त्रीको जिम्मेवारीबाट हटाउने तयारी गरिएको हो।

बुधबार साँझमात्रै ढकालले उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई पार्टीको अवस्था निराशाजनक रहेको भन्दै प्रतिवेदन बुझाए पनि दिउँसैदेखि सञ्चारमाध्यममा प्रतिवेदन भएका कुराहरू बाहिर आएका थियो।

सभापति लामिछानेसँग दूरी बढिरहेका बेला प्रतिवेदन पार्टीमा नबुझाई त्यसका विषयवस्तु सार्वजनिक गरेको भन्दै पार्टीको एउटा पंक्ति उनलाई तत्कालै जिम्मेवारीबाट हटाउनुपर्ने ‘लविङ’मा लागेको छ।

ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना ३८ जिल्ला पुगेर पार्टीको अवस्थाबारे बुझेका थिए। ‘समीक्षा यात्रा’ नाम दिइएको युक्त अभियानका क्रममा ३८ जिल्लाका २ दुई हजार ७९ जनासँग दोहोरो अन्तर्क्रिया गरी गरिएको ढकालले उल्लेख गरेका छन्।

ढकालले पेश गरेको प्रतिवेदनमा पार्टी अघि बढ्नै नसक्ने अवस्थामा पुगेको र यदि यस्तै अवस्था रहे अर्को चुनावसम्म राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने गरी दुई-तीन सिटमा खुम्चिने दाबी छ।

सभापति लामिछानेको कार्यशैली र उनीमाथि लागेका आरोपका कारण पार्टीको विस्तारभन्दा पनि खुम्चिने अवस्था बढ्दै गएको प्रतिवेदनमा उल्लेख भएको रास्वपाका एक नेताले बताए।

ती नेताका अनुसार ढकालको प्रतिवेदनमार्फत रास्वपाभित्रको उकुसमुकुस विस्फोट भएको छ। उकुसमुकुस विस्फोट गराइँदा आफूमाथि कारबाही हुन सक्ने आंकलन ढकालले प्रतिवेदनको अग्रपृष्ठमै बुधबार उल्लेख गरेका छन्।

सभापति लामिछानेप्रति इंगित गर्दै ढकालले आफूले गर्दै नगरेको कामको समेत जिम्मेवारी लिनुपरेको, जनतासमक्ष आफ्ना कुरा भन्नै नपाएको भनी दुखेसो गरेका छन्। साथै, उनले प्रतिवेदन जस्ताकोत्यस्तै सार्वजनिक गरिदिएर आफूमाथि न्याय गरिदिन आग्रहसमेत गरेका छन्।

उनले प्रतिवेदनमा भनेका छन्,  ‘यसमा मेरोपनि व्यक्तिगत राजनीतिको सवाल छ। मैले गर्दैनगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो। मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइनँ। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरापनि के छन्, त्यो जनताले थाहा पाउनुपर्छ। मेरोपनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ। ममाथि न्याय गरियोस् यो प्रतिवेदन जस्ताको‍तस्तै सार्वजनिक गरियोस्।’

प्रतिवेदनले पार्टीभित्र र बाहिर ‘भुइँचालो’ ल्याएपछि सभापति लामिछानेले बिहीबार बिहान पार्टी कार्यालयमा बैठक बोलाएका छन्। गृहमन्त्रीको सय दिनको समीक्षाको भनेर बैठक बोलाइएपनि प्रतिवेदन र ढकाल नै छलफलको मुख्य विषय रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। सांसदहरूलाई अनिवार्य गरिएको बैठक अहिले पार्टी कार्यालयमा चलिरहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो