2026-06-20 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कानुनविपरीत काम गरेको भन्दै म्यानपावर कार्यालयमा सिल, दुई जना भारतीय पक्राउ

असार १८,  नवलपरासी | नवलपरासीको परासी बजारमा कानुनविपरीत काम गरेको भन्दै ‘जेडी म्यानपावर सर्भिसेज’ मा सिल गरिएको छ। कानुनविपरीत काम गरेको भन्दै श्रम तथा रोजगार कार्यालयले बोर्ड हटाएर म्यानपावरको कार्यालय मंगलबार सिल गरेको हो। 

कार्यालयको समन्वयमा प्रहरीको टोलीले प्रतिबन्धित मुलुक रसियालगायतका देशमा पठाउनका लागि खोलिएको म्यानपावरका भारतको महाराष्ट्र जिल्ला मुम्बई पोष्ट बर्भे नगर, असल्फा बस्ने २४ वर्षीय रविन्द्र राणे र मुम्बई जिपिओ कोलाव बस्ने ३७ वर्षीय जावेद मसिहलाई पक्राउ गरेको छ। 


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार पक्राउ परेका उनीहरुबाट ल्याबटप, मोबाइल, भारतीय आधार कार्ड, भारतीय बैंकको चेकबुब र डेबिड कार्डसमेत बरामद भएको छ। 

भारतबाट नवलपरासी आएका उनीहरूले रसिया, इटली, अष्ट्रेलिया लगायतका मुलुकमा रोजगारका लागि पठाउने भन्दै साता दिनअघि कार्यालय खोलेर बसेका थिए। उनीहरूले डकुमेन्ट र रकम लिएपछि भारत हुँदै अन्य मुलुकमा पठाउने गरेको अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए। 

नवलपरासीको सीमावर्ती भारतीय बजार ठूठीबारीका सन्तोष राम निवासले नेपालीहरुलाई पठाउनका लागि परासीमा सम्पर्क कार्यालय खोलेर पठाएको प्रहरीले जनाएको छ। म्यानपावरको मुख्य कार्यालय महाराष्ट्रमा छ। कार्यालय खोलेको छोटो समय भएकाले उनीहरूबाट अहिलेसम्म नेपालीहरू ठगिएको भन्ने बारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका उनीहरूबाट ठगी सम्बन्धी कुनै प्रमाण फेला नपरेको श्रम तथा रोजगार कार्यालय बुटवलका सूचना अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ