2026-07-24 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युरोकप २०२४ : उपाधि र गोल्डेन बुट जित्ने कसको सम्भावना बढी ?

असार २०,  काठमाडौँ । युरोकप २०२४ को नक आउट चरणका खेल सकिसकेका छन् । नकआउटबाट यसपटक स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, इंग्ल्याण्ड, स्विट्जरल्यान्ड, नेदरल्याण्ड्स र टर्कीले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

यस्तोमा उपाधि दाबेदार र सर्वाधिक गोलकर्ता को बन्लान् भन्ने चासो बढ्न थालेको छ । अहिलेसम्म हेर्दा घरेलु टोली जर्मनीसँगै स्पेन इंग्ल्याण्ड र फ्रान्स उपाधिको मुख्य दाबेदारको रुपमा छन् ।

अब क्वाटरफाइनलको खेल ५ जुलाईदेखि सुरु हुने छन् । पहिलो क्वाटरफाइनलमा स्पेन र जर्मनी, दोस्रोमा पोर्चुगल र फ्रान्स, तेस्रोमा इंग्ल्याण्ड र स्विट्जरल्यान्ड र चौथो क्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स र टर्की आमनेसामने हुनेछन् । 

 गोल्डेन बुट कसको ?

यस पटक विश्व चर्चित स्टार खेलाडीहरूले युरोमा सोचे अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । केलिएन एमबाप्पे ह्यारी केनदेखि क्रिस्टियानो रोनाल्डोसम्म गोल गर्न संघर्षरत छन् ।

त्यसकारण पनि अहिलेसम्म उनीहरू गोल्डेन बुट होडमा छैनन् । रोनाल्डो नकआउट चरणको खेल सकिँदासम्म गोलविहीन छन् ।

उनी स्लोभेनियाविरुद्ध अतिरिक्त समयमा पेनाल्टीमा चुक्दा गोलविहीन बनेका हुन् । रोनाल्डोले जारी प्रतियोगितामा एक असिस्ट भने प्रदान गरेका छन् । यस्तै, एम्बाप्पेले युरो कप २०२४ मा पेनाल्टीमार्फत एक गोल गरेका छन् । साथै, उनको नाममा एक असिस्ट छ ।

रोनाल्डो र एम्बाप्पेलाई अब क्वाटरफाइनलमा गोल गर्ने मौका छ । अहिलेसम्मको अवस्थामा गोल्डेन बुट दौडको शीर्ष स्थानमा नेदरल्याण्ड्सका कोडी गाक्पो रहेका छन् । डच टिमलाई क्वाटरफाइनलमा पुर्याउन यी युवा स्टारको भूमिका महत्वपूर्ण छ ।

२५ वर्षीय गाक्पोले चार खेलमा तीन गोल गर्नुका साथै एक असिस्ट प्रदान गरेका छन् । त्यस्तै, यो सूचीको दोस्रो नम्बरमा जर्जियाका जर्जेस मिकाउताडेज रहेका छन् । टिमले क्वाटरफाइनलको यात्रा गर्न नसके पनि २३ वर्षीय जर्जेसको प्रदर्शन उत्कृष्ट रह्यो ।

बेलिङघमलाई अवसर

अब क्वाटरफनइका खेलहरू बलिया टिमबीच हुँदैछ । स्पेन र जर्मनी एक आपसमा भिड्दैछन् भने टर्कीले नेदरल्याण्ड्ससँग खेल्नेछ । यस्तोमा एक खेलाडीका लागि अवसर बन्न सक्छ । इंग्ल्याण्डका जुड बेलिङघम सर्वाधिक गोलकर्ता बन्नका लागि डार्क हर्सको रुपमा छन् ।

स्लोभाकिया विरुद्ध अन्तिम १६ मा हार नजिक पुगेका बेला इंग्ल्याण्डलाई उनै बेलिङघमले उद्दार गरेका थिए । उनले इन्जुरी टाइममा गोल गर्दै खेल बराबरी गरेका थिए । पछि अतिरिक्त सममया ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाए ।

बेलिङघमबाहेक जर्मनीकै मुसिएला वा काई हाभार्ट्ज गोल्डेन बुटको रेसमा छन् । हाभार्ट्जले २ गोल गरेका छन् । यस्तै वैकल्पिक खेलाडीको रुपमा खेल्न सक्ने निकलस फुलक्रगले पनि २ गोल नै गरेका छन् ।

तर दुर्भाग्यवश जर्मन अट्याकरले अब स्पेनसँग खेल्दैछ । स्पेनले जारी युरोमा जम्मा १ गोल मात्र बेहोरेको छ र अप्टाको अनुसार फ्रान्ससँगै स्पेनको डिफेन्स उत्कृष्ट छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक