कार्तिक १२ पर्वत । नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।
     पहिलो दिन आज काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १२ पर्वत । नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।
     पहिलो दिन आज काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रति"/>
2026-07-07 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तिहार सुरु, यमपञ्चकको पहिलो दिन कागको पूजा गरि मनाइदै

2016-10-28

कार्तिक १२ पर्वत । नेपाली एवं हिन्दूको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।
     पहिलो दिन आज काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३५ र म्हपूजा (आत्मपूजा) एवं  अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।
ती पाँच दिनसम्म यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजाआजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई यमदूतका रूपमा  समेत मान्ने गरिन्छ ।
    आजको दिन कागलाई पूजाआजा गरी खान नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । आजैका दिनदेखि यमदीप दान गर्नाले यमयातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।
    तिहारमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने चलन छ ।  बलि    राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती  प्रचलित छ  प्राचीन वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे, उनी दानी     राजाका रूपमा कहलिएका थिए ।
विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष    धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरिक्ष र  अर्काले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रूपधारी  विष्णुले पाउ राख्दा पातालमा भासिएका थिए ।
    विष्णुले बलि राजाको दानशीलतादेखि प्रभावित भई वर्षमा पाँच दिन कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिई यस समयमा बलि राजाको पूजा गरेमा आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पनि पूजा गर्ने गरिएको प्रा डा गौतमले बताए ।
    यही मान्यताका कारण आजकाल पनि द्यौसीभैलो खेल्दा हामी त्यसै आएनौंँ बलिराजाले पठाए भनी भट्याउने गर्छन् । लक्ष्मीपूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा द्यौसी खेल्ने प्राचीन परम्परा भए पनि आजकाल कागतिहारकै दिनदेखि नै द्यौसीभैलो खेल्ने प्रचलन बढ्न थालेको छ ।
    भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ । अहिले महिलापुरुष दुवैले द्यौसीभैलो खेल्न थालेका     छन् ।
    लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलिमिली बनाउने परम्परा पनि अहिले तिहारको सुरुआतेखि नै गर्न थालिएको छ । अझ कतिले त एक हप्ताअघिदेखि नै दीपावली    गरी तिहारलाई अग्रीम आमन्त्रण गर्ने गरेका छन् । यसकारण तिहारलाई उज्यालोको पर्वका रूपमा समेत चिनिन्छ ।
    पशुपन्छीको पूजा, आत्मपूजा, सेल, फिनी, अर्सा, अनर्सा जस्ता घरेलु खानेकुरा, कटुस र ओखर जस्ता सुख्खा खानेकुरा र मिठाइ ग्रहण, दाजुभाइ र  दिदीबहिनीबीचको प्रेम, सर्वत्र झिलिमिली बत्ती, द्यौसीभैलोका साथ गीत र नृत्य, प्रतिबन्धित कौडातासको फुकुवा, मुलुककै नामबाट राखिएको नेसंको प्रारम्भ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती जस्ता थुप्रै विशेषता तिहारका रहेका छन् ।  
    पछिल्लो समयमा तिहारको विकृतिका रूपमा पटाका पड्काउने प्रचलन समेत बढ्न थालेको छ । पटाकाबाट दुर्घटनासमेत बढ्न थालेको छ । प्राकृतिक रूपमा पनि सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै मनमोहक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने